काठमाडौं । आगामी असार १७, १८ र १९ गते काठमाडौंमा आदिवासी जनजाति चलचित्र महोत्सव हुने भएको छ । आदिवासी जनजाति चलचित्र महासंघले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आदिवासी जनजाति चलचित्र महोत्सव आयोजनाबारे जानकारी दिएको हो ।
महासंघका अध्यक्ष अमृतबहादुर सुनुवारले महोत्सवका लागि १८ वटा आदिवासी जनजातिको कथा समेटिएको चलचित्र प्रर्दशन हुने पनि जानकारी दिए । महासंघले ५ सय भन्दा बढि चलचित्र मध्येबाट महोत्सवका लागि १८ वटा चलचित्र प्रर्दशनका लागि छनौट गरेको छ ।
महोत्सवका लागि छनौट गरिएका सबै चलचित्रहरुलाई प्रोत्साहन स्वरुप ५ हजारका दरले नगद प्रदान गर्ने निर्णय लिइएको पनि महासंघका अध्यक्ष सुनुवारले बताए ।
महासंघले महोत्सवमा पब्लिक अवार्ड बिजेता चलचित्रलाई २५ हजार नगरसहितको पुरस्कारको पनि व्यवस्था गरेको छ ।
चलचित्रको माध्यामबाट आदिवासी जनजातिहरुको मौलिक कला–संस्कृति, भाषा, धर्म, परम्परा, प्रथाहरुको दस्ताबेजीकरण, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ महासंघले हरेक वर्ष आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना गर्दै आएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij