२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

कारखानाको पर्खाइमा अभिनेत्री बर्षा

कारखानाको पर्खाइमा अभिनेत्री बर्षा

काठमाडौं । अभिनेत्री बर्षा सिवाकोटी अहिले चर्चामा छिन् । चलचित्र ‘कारखाना’को कारणले उनको चर्चा चुलिएको हो । निर्माण युनिटले पनि चलचित्रको प्रचार प्रसारमा उनलाई नै अगाडि सारेको छ ।

अभिनेत्री बर्षाले पनि चलचित्रको केन्द्रीय कथा आफ्नो वरिपरि घुमेको बताइन् । ‘चलचित्र रिलिजले आफ्नो लागि ठुलो महत्व राख्ने छ’ उनले भनिन् ‘त्यसैले अहिले रिलिजको पर्खाइमा छु ।’

‘कारखाना’मा अमरदिप सापकोटाको निर्देशन रहेको छ । आफुले नयाँ कथावस्तु चलचित्रमा उठाएको निर्देशक सापकोटाले बताए ।

सुदिप खड्का र अमर बज्रचार्यको निर्माणमा तयार भएको चलचित्रको ‘मायाले बोलेको बोली मिठो भो’ बोलको गीत अहिले चर्चामा छ । यो गीतको कारणले पनि चलचित्र हेर्न दर्शक बढ्ने निर्माण युनिटको भनाइ रहेको छ ।

सुशिल, बर्षा र नबिनका अलवा चलचित्रमा जेविका कार्की, विकाश उप्रेती, सुपि थापा, रजक शाही, सौगात धिताल, घनश्याम गिरी, सुजीत केसी र प्रकाश घिमिरे लगायत कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij