२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

मधेसी जनताको अधिकार खोसियो : खनाल

मधेसी जनताको अधिकार खोसियो : खनाल

इलाम । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मधेसी जनताको भावना विपरित राजपाले निर्वाचनको मिति सार्न लगाएको आरोप लगाएका छन् ।

इलाम नगरपालिका– ५ स्थित सुम्वेकमा आयोजित चुनावी सभामा उनले भने, “प्रदेश नं–२ का मधेसी जनताको भावना विपरित राजपाले चुनावको मिति सार्न लगाएको हो ।”

नेता खनालले ‘राजपाले मधेसी जनताको भावनामाथि खेलबाड गरेको, मधेसी जनताको निर्वाचनको अधिकार कुण्ठित गरेको भन्दै मुलुकको विकासमा एमालेको नेतृत्व आवश्यक रहेको बताए ।
निर्वाचनपछि एमाले मुलुककै पहिलो पार्टी हुने दाबी गर्दै उनले एमालेको पहलमा संविधान जारी भएकाले लोकतन्त्रको सुदृढिकरण र आर्थिक समृद्धिका लागि पनि एमालेको नेतृत्व आवश्यक रहेको बताए ।
वरिष्ठ नेता खनालले हत्या, हिंसा र आन्दोलनको युग समाप्त भएर अव मुलुक नयाँचरणमा प्रवेश गरेको उल्लेख गर्दै अव आर्थिक समृद्धितर्फ अघि बढ्न इलामबाटै सुरूवात गर्नुपर्नेमा जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij