२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

मनसुन पूरै सक्रिय हुन अझै केही समय लाग्ने

मनसुन पूरै सक्रिय हुन अझै केही समय लाग्ने

काठमाडौं । मनसुन सुरु भएपनि पूरै सक्रिय हुन अझै केही समय लाग्ने भएको छ । मनसुन सक्रिय नहुँदा मुलुकका अधिकांश भागमा अझै धान रोपाइँ सुरु हुन सकेको छैन ।

सामान्यतः यतिबेला रोपाइँ सुरु भइसक्नुपर्ने हो । तर, पर्याप्त वर्षाको अभावमा मुलुकका अधिकांश ठाउँमा रोपाइँ सुरु हुन सकिरहेको छैन ।

नेपालका अधिकांश भू–भागमा आकाशेपानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ । त्यसैले यो समयमा किसानहरुले वर्षाको प्रतिक्षा गर्छन् ।

मनसुन सक्रिय नहुँदा मुलुकका अधिकांश भागमा तापक्रम पनि उच्च बनेको छ । जसका कारण कतिपय ठाउँमा जनजीवनसमेत प्रभावित भएको छ ।

पूर्वीय जलवायु क्रमशः पश्चिमतिर प्रवेश गरिरहेको र पश्चिमी वायुको प्रभावले मनसुन सक्रिय हुन अझै केही समय लाग्ने मौसमविद् बरुण पौडेल बताउँछन् ।

सामान्तः असार १५ सम्म ५० प्रतिशतभन्दा बढी क्षेत्रमा रोपाइँ सकिसक्नुपर्ने हो । तर, मनसुन सक्रिय नहुँदा यो वर्ष असार १५ सम्ममा ५० प्रतिशत क्षेत्रफलमा रोपाइँ नसकिने अवस्था बनेको र यसले धान उत्पादनमा प्रभाव पर्नसक्ने बताउँछन्, धानवालीविज्ञ भोलामानसिंह बस्नेत ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij