२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

सौगातको प्रेमका रहेकी श्रृष्टीलाई अनमोलको साथले सफलता

सौगातको प्रेमका रहेकी श्रृष्टीलाई अनमोलको साथले सफलता

काठमाडौं । वर्षौदेखि कलाका विभिन्न बिधामा क्रियाशील रहँदा पनि पुरस्कार पाउन नसकेका कतिपय सेलिब्रेटीले सामाजिक सञ्जालमा आक्रोश पोखिरहँदा अभिनेत्री श्रृष्टी श्रेष्ठलाई भने पहिलो चलचित्रले नै सफलता दिलाएको छ । अर्थात् अभिनेत्री श्रेष्ठले पहिलो चलचित्रबाटै पुरस्कार थाप्न सफल भएकी छन् ।

शनिबार साँझ राजधानीको हायात रिजेन्सी होटलमा आयोजित एनएफडिसी पुरस्कार समारोहमा श्रेष्ठले उत्कृष्ट नव अभिनेत्रीको पुरस्कार हात पारिन् । चलचित्र गाजलु अभिनयका कारणले उनलाई सो पुरस्कार दिइएको हो ।

पूर्व मिस नेपाल समेत रहेकी श्रेष्ठ गाजलुबाटै अभिनयमा डेब्यु गरेकी हुन् । डेब्यु चलचित्रमै युवा स्टार अनमोलसँग रोमान्स गर्ने अवसर पाएकी श्रेष्ठले गाजलु अभिनयबाट पनि दर्शकको मन जित्न सफल भएकी थिइन् । श्रेष्ठलाई गाजलुमा निर्देशक हेमराज बिसीले भित्र्याएका थिए ।

गाजलुको रिल लाइफममा अभिनेता अनमोलसँगको प्रेम र रोमान्सका कारण चर्चामा रहेकी श्रेष्ठ रियल लाइफमा भने अभिनेता सौगात मल्लसँगको प्रेमका कारणले सधै चर्चामा रहने गरेकी छन् । पछिल्लो समय सौगातसँगको उनको भेटघाट मिडियाले कयौँ पटक समाचारको बिषय बनाएका छन् ।

श्रेष्ठ अहिले चलचित्र लाउरेमा अभिनयरत छिन् । यस चलचित्रमा उनले नरेन लिब्बुसँग रोमान्स रहेको छ । लाउरे सुनिल रावलले निर्माण गरेका हुन् । रावलको चलचित्र साय २ प्रदर्शनको तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij