कपिलवस्तु कपिलवस्तुको वाणगंगा नगरपालिका–४ गजेहडा बजारमा बम विष्फोट हुँदा ९ जना घाइते भएका छन् ।
आज दिउँसो करिब ३ बजे मनोनयन दर्ता केन्द्र नजिकै विष्फोट भएको हो । घाइतेहरुलाई उपचारका लागि बुटवल पुर्याइएको छ ।
नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानल उमेदवारी दर्ता गराउन जाँदै गर्दा विष्फोट भएको थियो ।
विष्फोट कसले गरायो भन्ने अझै खुल्न सकेको छैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij