२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

नेपाली महिला आरोहीले विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहण गर्ने

नेपाली महिला आरोहीले विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहण गर्ने

Mt Kanchenjunga.

काठमाडौँ । नेपाली महिला आरोही टोलीले विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा (८,५८६ मिटर) को आरोहण गर्ने भएको छ । तीन सदस्यीय महिला आरोहीले पहिलो पटक कञ्चनजङ्घाको आरोहणको सो साहसिक यात्राको घोषणा गरेको हो ।

कञ्चनजङ्घा आरोहणका हिसाबले विश्वकै अप्ठ्यारो हिमालको रुपमा मानिन्छ । उक्त हिमालमा हालसम्म ३४४ स्वदेशी तथा विदेशीले मात्र सफल आरोहण गरिसकेका छन् ।

जलवायु परिवर्तन न्यूनीकरणको सन्देश लिएर विश्वकीर्तिमानी आरोही माया शेर्पाको नेतृत्वमा महिला टोलीले कञ्चनजङ्घा आरोहण गर्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यसअघि विश्वको अग्लो हिमाल सगरमाथा (८,८४८ मी नेपाल), र दोस्रो अग्लो हिमाल केटु (८,६१२ मी पाकिस्तान) को सफल आरोहण गरेको उक्त आरोहण दलले ‘थ्रि ओमेन, थ्री टप’ भन्ने नाराका साथ सन् २०१७ अप्रिल र मे महिनामा कञ्चनजङ्गा हिमालको आरोहण गर्ने तयारी गरेको हो ।

प्रतिकूल वातावरणसँगै जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न राज्य र विश्वलाई सकारात्मक सन्देश दिन टोलीको अभियानको मुख्य धेय रहेको आरोहण टोली प्रमुख माया शेर्पाले बताउनुभयो ।

उहाँले भूकम्पपछिको नेपालको पर्वतीय पर्यटनलाई विश्वसामु सुरक्षित रहेको सन्देश प्रवाह गर्न अभियान सान्दर्भिक हुने उल्लेख गर्नुभयो ।

“कञ्जनजङ्गा गाह्रो हिमाल हो, महिला सजिलो मात्र हैन, गाह्रो हिमाल पनि चढ्न सक्छन् भन्ने सन्देश प्रवाह गर्न अभियान चलाइएको हो यसले विश्वका महिला आरोहीलाई आकर्षण गर्न सहयोग पुग्नेछ,”– आरोही शेर्पाले भन्नुभयो ।

सेभेन समिट फाउन्डेसनमार्फत आरोहण जान लागेको टोलीको कञ्चनजङ्घा आरोहणका लागि करिब रु ३६ लाख लाग्ने र उक्त रकम विभिन्न निकायबाट सहयोग जुटाइनेछ ।

आरोही टोलीलाई बिदाइ गर्दै नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङ्छिरिङ शेर्पाले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि तीन शिखरबाट महिलाले सन्देश प्रवाह गर्न आरोहण सान्दर्भिक हुने विचार व्यक्त गर्नु भयो ।

सो अवसरमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष टासी लाक्पा शेर्पाले महिला आरोही टोलीलाई रु पाँच लाख दिने घोषणा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij