काठमाडौं – सरकारले राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागी गराउन प्रदेश नम्बर २ को निार्वचनअिघ नै स्थानीय तहको संख्या थप गर्ने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार विहान बोलाएको सत्ता पक्ष र राजपाबीचको बैठकमा यो सहमति भएको हो ।
असार १४ गतेका लागि तोकिएको प्रदेश नम्बरको २ को निर्वाचन केही समय सारेर चुनावअघि नै संख्या थप गर्न नेपाली कांग्रेस माओवादी केन्द्रसहितका दलहरुले प्रतिवद्धता जनाएका छन्, यो खबर आजको नागरिकमा छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij