२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

लिबियाको यात्रुवाहक विमान अपहरण : महिला र बालबालिकालाई छाडियो

लिबियाको यात्रुवाहक विमान अपहरण : महिला र बालबालिकालाई छाडियो

काठमाडौं । दुई जना गद्दाफी समर्थकहरुले अपहरण गरेको भनिएको लिबियाको यात्रुवाहक विमानका महिला र बालबालिकालाई छाडिएको छ।

लिबियाको अफ्रिकिया एयरवेजको ए ३२० विमानलाई शुक्रबार अपहरण गरिएको थियो। माल्टाका प्रधानमन्त्रीले ११८ जना चढेको विमान अपहरणमा परेको पुष्टि पहिलो पटक गरेका थिए।

माल्टाको टिभीले अपहरणकारीहरुले आफूसँग ह्यान्ड ग्रिनेड रहेको भन्दै आफ्ना मागहरु पूरा नभए पडकाइदिने धम्की दिएका छन्।

विमानमा लिबियाली, भारतीय र पाकिस्तानी नागरिक रहेका छन्।

सेबाहबाट त्रिपोलीतर्फ जाँदै गरेको विमानलाई आकाशबाटै माल्टातर्फ मोड्न लगाइएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij