मुम्बई । प्रियंका चोपडाको प्रोडक्शन पर्पल पेबलको ब्यानरमा बनिरहेको मराठी फिल्म ‘काय रे रास्कला’ रिलिजका लागि तयार छ । पर्पल पेबलको ब्यानरमा बनेको यो दोस्रो चलचित्र हो । यसको पोस्टर सार्वजनिक गरिएको छ । प्रियंकाले पोस्टरलाई ट्विटरबाट सार्वजनिक गरेकी हुन् । चलचित्र १४ जुलाईमा रिलिज हुँदैछ ।
चलचित्रको पोस्टरमा दुई शीर्ष भूमिकाको नाममा राखिएको छ । यी मध्ये एक राजा र अर्का गुड्डु छन् । साथै रिलिज मिति पनि लेखिएको छ ।
चलचित्रलाई आई गिरिधरन स्वामीले निर्देशन गरेका छन् । यो एउटा कमेडी फिल्म हो । मराठी चलचित्र उद्योगमा यो चलचत्रिका विषयमा निकै उत्साह छ । यस अघि प्रियंकाको प्रोडक्शनमा बनेको मराठी फिल्म ‘भेन्टिलेटर’ ले बक्स अफिसमा तहल्का मच्चाएको थियो । यो चलचित्रले समीक्षकलाई समेत प्रभावित बनाएको थियो । चलचित्रले भारतीय राष्ट्रिय पुरस्कार पनि पाएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij