२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

भिजिट भिसाका कलाकारलाई फर्काइँदै

भिजिट भिसाका कलाकारलाई फर्काइँदै

जेठ १७, लन्डन – २१ मे साँझ बेलायतस्थित नेपाली पत्रकारहरु आपत्कालीन कोषका लागि एउटा च्यारीटिमा व्यस्त थिए । नेपालबाट लोक गायक खडग गर्बुजा आउने तय थियो । तर दुर्भाग्य च्यारिटीको अघिल्लो दिन हिथ्रो ओर्लिएपछि अध्यागमनको केरकारमा परे । गर्बुजा व्यक्तिगत स्पोन्सरसिपमा भिजिट भिसा लिएर चौथोपटक यूके आउँदै थिए । आजको कान्तिपुरमा यो खबर छ ।

२७ बर्षदेखि नेपाली लोक संगीतमा लागेर ९ सय हाराहारी गीत गाइसकेका गर्बुजालाई बेलायत अध्यागमनले विमानस्थलमै रोकिदियो । ‘विगतमा भिजिट भिसामा आएर अर्थ आर्जन गरेको आरोप लगाए’,  नेपाल फर्किएपछि गर्बुजाले भने, ‘नियमित: इन्टरटेनर वा वर्क परमिट भिजा लिनुपर्ने हो । हामीले उनीहरुलाई कन्भिन्स गर्न सकिएन ।’

यसअघि दुर्गा परियारलाई पनि बेलायत अध्यागमनले फर्काइदिएको थियो । यी त केही उदहारण हुन् । भिजिट भिसा लिएर बेलायत छिर्ने अनि गाउने क्रम बढेपछि बेलायत सरकारले निगरानी बढाउन थालेको सरोकारवाला बताउँछन् । भिजाको क्याटोगोरी विपरीत र कर नतिरी गाउनु यहाँ गैरकानुनी मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij