काठमाडौं । काठमाडौंको कलंकी स्थित आफ्नो कोठामा बोलाएर युवती बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ सिजुवा-८ घर भएका २९ वर्षीय राजेन्द्र पोखरेल र विराटनगर घर भएका २४ वर्षीय अग्रज चौधरी छन्।
पोखरेलले रामेछाप बेथान-५ स्थायी घर भई काठमाडौंको गोकर्णेश्वर बस्ने २० वर्षे एक युवतीलाई बलात्कार गरेका थिए। चुनाबको दिन उनले बलात्कार गरेको जाहेरी प्रहरीमा परेको छ। यसैगरी चौधरीले चौधरीले समेत जेठ १ गते ती महिलालाई आफ्नो कोठामा लगेर जबरजस्ती करणी गरेको भनी जेठ ७ गते प्रहरी वृत्त कालिमाटीमा उजुरी परेको थियो।
प्रहरीले दुवै जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij