२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

मिस युएस २०१७ को बिजेता कारालाई लाग्यो यस्तो आरोप

मिस युएस २०१७ को बिजेता कारालाई लाग्यो यस्तो आरोप

काठमाडौं । सन् २०१७ का लागि मिस युएसको उपाधी युवा वैज्ञानिकले हात पारेकी छिन्। २५ वर्षिय फिजिकल साइन्टिस्ट कारा म्याकुलोफले उपाधी चुमेकी हुन्।

कारा युनाइटेड स्टेट्स न्युक्लिअर रेगुलेटोरी कमिसनमा आवद्द रहेकी उनले उपाधी त चुमिन्। तर ताज आफ्नो बनाएको दुई दिन नबित्दै उनी विवादमा तानिएकी छिन्। आइतबार राती भएको अन्तिम प्रतिस्पर्धाको नतिजा पछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनले दिएको जवाफ उचित नहरेको बताएका हुन्।

मिस युएस जितेको खण्डमा आफूले निभाउने भूमिका बारे बोल्दा। उनले जवाफमा आफूलाई नारीवादी रुपमा नचिनाउने बताएकी थिइन्। उनले लैंगिक समानता जोडेर दिएको जवाफलाई परम्परागत भएको आरोप छ। उनले आफ्नो जवाफलाई राजनीतिक भाषण बनाएको भन्दै केहिले पोस्ट गरेको डेलिकलर डटकमले जनाएको छ।

कोलम्बियाकी काराको जन्म भने इटालीमा भएको थियो। विशेक्ष गरी बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी उनले कक्षा ६ देखि ११सम्मकालाई पढाउने काम समेत गरिन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij