२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

कुन् ठाउँमा कसले जिते ? एमाले पहिलो, कांग्रेस दोस्रो, माओवादी तेस्रो

कुन् ठाउँमा कसले जिते ? एमाले पहिलो, कांग्रेस दोस्रो, माओवादी तेस्रो

काठमाडौँ । स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना विभिन्न जिल्लामा जारी छ । मत परिणाम आउने क्रम सुरु भएको छ । आज अपराह्न १ बजेसम्म मत गणनाको परिणाम यहाँ दिइएको छ ।

दलगत आधारमा

१. नेपाली कांग्रेस : प्रमुख-अध्यक्ष-६, उपप्रमुख-उपाध्यक्ष : ७

२. नेकपा (एमाले) : प्रमुख-अध्यक्ष-८, उपप्रमुख-उपाध्यक्ष : ७

३. नेकपा (माओवादी केन्द्र) : प्रमुख-अध्यक्ष-४, उपप्रमुख-उपाध्यक्ष : २

४. राप्रपा : प्रमुख-०, उपप्रमुख : १

५. स्वतन्त्र : प्रमुख-१, उपप्रमुख : १

हालसम्मका विजयी : जिल्लागत आधारमा

जिल्ला : मनाङ

१. नेस्याङ गाउँपालिका- अध्यक्ष कान्छा घले- नेकपा (एमाले)- ६२७ मत, उपाध्यक्ष मिङ्खु गुरुङ-नेकपा (एमाले)- ६११ मत

२. चामे गाउँपालिका- अध्यक्ष लोकेन्द्रबहादुर घले- नेकपा (एमाले)- २१४ मत, उपाध्यक्ष मनिन्द्रजङ्ग गुरुङ, नेपाली कांग्रेस- १६९ मत

३. नार्फू गाउँपालिका- अध्यक्ष, मिङ्माछिरिङ लामा- नेपाली कांग्रेस, (निर्विरोध), उपाध्यक्ष, फुर्पाजोम्पा लामा- नेपाली कांग्रेस, (निर्विरोध)

मुस्ताङ

१. घरपझोङ गाउँपालिका, अध्यक्ष, आशबहादुर थकाली- नेकपा (एमाले)- ४५४ मत, उपाध्यक्ष, शर्मिला गुरुङ, नेकपा (एमाले)- ७०७ मत

२. लोमान्थाङ गाउँपालिका, अध्यक्ष सुवर्णकुमार विष्ट, नेपाली कांग्रेस, ६०३ मत, उपाध्यक्ष, पेमा डोल्मा विष्ट- नेपाली कांग्रेस-६२० मत

३. थासाङ गाउँपालिका, अध्यक्ष, बुद्धि शेरचन- नेपाली कांग्रेस- ७२८ मत, उपाध्यक्ष, बालकुमारी शेरचन- नेपाली कांग्रेस ७२४

४. दालोमे गाउँपालिका- अध्यक्ष राजु विष्ट, स्वतन्त्र, ७५५ मत, उपाध्यक्ष ढोका गुरुङ, नेकपा (एमाले) – ६११ मत

ललितपुर

१. महाङ्काल गाविस- अध्यक्ष रामचन्द्र दाहाल, नेकपा (एमाले), उपाध्यक्ष कमला तामाङ (नेकपा एमाले) – मत अप्राप्त

डोल्पा

१. काइके गाउँपालिका- अध्यक्ष अङ्गद राना, नेकपा (एमाले) ९२० मत, उपाध्यक्ष कुञ्जाङ बुढा, राप्रपा ९१५ मत

२. शे-फोक्सुण्डो गाउँपालिका- अध्यक्ष तासी तुण्डुक गुरुङ, नेकपा (एमाले) निर्विरोध, उपाध्यक्ष, दाबा सन्दुक गुरुङ स्वतन्त्र (निर्विरोध)

३. जगदुल्ला गाउँपालिका- अध्यक्ष नरसिंह रोकाया, नेकपा (माओवादी केन्द्र), ५५६ मत, उपाध्यक्ष जयारुपा बोहरा, नेकपा (एमाले), १०३ मत

३. मुड्केचुला गाउँपालिका- अध्यक्ष दत्तबहादुर शाही, नेकपा (माओवादी केन्द्र), ९३३ मत, उपाध्यक्ष

जुम्ला

१. गुठीचौर गाउँपालिका-अध्यक्ष, हरिबहादुर भण्डारी, नेकपा (माओवादी केन्द्र), एक हजार ५९६ मत, उपाध्यक्ष, जानुदेवी ऐडी, मत अप्राप्त

२. हिम गाउँपालिका, अध्यक्ष, रजबहादुर शाही- नेकपा (माओवादी केन्द्र)-एक हजार ४१७ मत, उपाध्यक्ष हिमाली रोकाय, नेकपा (माओवादी केन्द्र)- एक हजार ३२७ मत

बागलुङ

१. तमानखोला गाउँपालिका, अध्यक्ष-जोकलाल बस्नेत, नेपाली कांग्रेस), दुई हजार २१९, उपाध्यक्ष, मानसरी शेरचन, नेपाली कांग्रेस, दुई हजार ११५ मत

जाजरकोट

१. कुशेगाउँपालिका- अध्यक्ष, हरिचन्द्र बस्नेत, नेपाली कांग्रेस, दुई हजार ५०८ मत, उपाध्यक्ष, रामछायाँ शाही, नेपाली कांग्रेस, दुई हजार ३७८ मत

२. शिवालय गाउँपालिका- अध्यक्ष, नरेन्द्रकुमार शाही- नेकपा (एमाले) दुई हजार १७ मत, उपाध्यक्ष नेकपा (एमाले)- कुमारी थापा – दुई हजार ६३

नवलपरासी

१. बुङ्दीकाली गाउँपालिका- अध्यक्ष दुर्गाबहादुर राना, नेपाली कांग्रेस, तीन हजार १९१ मत, उपाध्यक्ष माया श्रेष्ठ, नेपाली कांग्रेस, तीन हजार १७३ मत

कास्की

१. मादी गाउँपालिका-अध्यक्ष वेदबहादुर गुरुङ, नेकपा (एमाले), चार हजार ६३७ मत, उपाध्यक्ष, विष्णुमाया पौडेल, चार हजार ५२३ मत ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij