२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

तारकेश्वरका उम्मेद्वार रामेश्वर वाेहाेरा भन्छन्, सडक स्तराेन्नति पहिलाे प्राथमिकता

तारकेश्वरका उम्मेद्वार रामेश्वर वाेहाेरा भन्छन्, सडक स्तराेन्नति पहिलाे प्राथमिकता

खानी तथा भूगर्भ विभागमा जागिर गर्दै अाएका रामेश्वर वाेहाेरा २०४९ काे स्थानीय तहकाे निर्वाचनमा लड्नकाे निम्ति नेपाल सरकारकाे खानी तथा भूगर्भ विभागकाे जागिर छाेडे र पूर्ण रूपमा राजनीतिमा हाेमिए । २०४९ मा  निर्विराेध  र २०५४ मा मतदानबाट निर्वाचित भइ सफलता हात पारेका बाेहाेराले हाल नेकपा (एमाले)काे तर्फबाट तारकेश्वर क्षेत्रमा मेयर पदमा उम्मेद्वारी दिएका छन् ।

उनलार्इ नजिकबाट चिन्ने श्रीराम थापाका अनुसार वाेहाेरा पार्टी पंक्तिका सबैलार्इ उपयुक्त स्थान दिँदै सबैलार्इ सम्मान गर्न सक्ने र अन्य दलहरूलार्इ समेत समेट्दै जनताकाे निम्ति विकासका कार्यहरूमा संलग्न रहँदै अाएका व्यक्ति हुन् ।

कर्मचारी संगठनमा समेत राम्राे प्रभाव पार्न सफल बाेहाेरा विभिन्न सामाजिक तथा व्यावसायिक गतिविधिहरूमा समेत संलग्न छन् । हाल नेपालटार स्थित ग्रामीण अादर्श र एन.अार क्याम्पसमा व्यवस्थापन समितिका सदस्य रहेका बाेहाेराले सामाजिक क्षेत्रमा पनि महत्वपूर्ण याेगदान पुर्याएका छन् । विभिन्न क्लब, सहकारीहरूमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न वाेहाेराले नेपालटार स्थित एस मार्ट पनि सञ्चालन गर्दै अाएका छन् । धादिङबाट खानी तथा क्रसर उद्याेग समेत सञ्चालन गर्दै अाएका वाेहाेरा शिक्षाकाे क्षेत्रमा पनि लगानी विस्तार गरेका छन् ।

काठमाडाैंकाे उत्तरी क्षेत्रकाे मनमैजु स्थित हिलेटाेलमा २०१९ मा व्यापारिक पृष्ठभूमीकाे परिवारमा जन्मिएका वाेहाेरा ३ दाजुभार्इ मध्ये जेठा हुन् । स्थानीय तहकाे विकासमा सदैव चासाे राख्ने वाेहाेरा अाफू स्थानीय तहमा निर्वाचित हुनसके पहिलाे प्राथमिकतामा सडककाे  स्तराेन्नति रहने बताउँछन् ।

यसकाे अलावा खानेपानीलार्इ पनि पहिलाे प्राथमिकताकाे साथ अघी बढाउने बाेहाेराले बताएका छन् । भूकम्पबाट क्षति भएका संरचनाहरूकाे निर्माण, सीपमूलक तालिमकाे माध्यमबाट स्थानीयस्तरमा नै राेजगारीका अवसरहरूकाे सृजना, कृषिमा व्यावसायिकरण लगायतका कार्यक्रमहरूलार्इ प्राथमिकताकाे साथ अघी बढाउने साथै प्रशासनिक सुधारकाे माध्यमबाट विनियाेजित बजेट उचित तवरले उपयाेग गर्ने, भ्रष्टाचार न्यूनीकरण गर्दै जनताहरूलार्इ शुसासनकाे अनुभुति दिलाउने लगायतका याेजनाहरू अघी सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij