२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

४ नम्बर वडामा नेकपा (माअाेवादी केन्द्र)का सिलवालकाे उम्मेद्वारी

४ नम्बर वडामा नेकपा (माअाेवादी केन्द्र)का सिलवालकाे उम्मेद्वारी

नुवाकाेटका निरन्जन सिलवाल तारकेश्वर नगरपालिकाबाट नेकपा (माअाेवादी केन्द्र)काे तर्फबाट वडा अध्यक्षकाे रूपमा उम्मेद्वारी दिएका छन् ।

पहिले तारकेश्वरमा वाइसिएल इन्चार्ज भइसकेका उनी केही समय (करिब १६ महिना दुबइमा रहेकाे तर स्थानीय चुनावलार्इ लक्षित गर्दै पुःन नेपाल फर्किएका हुन् ।

अागामी दिनमा नेपालमा नै रहेर राजनीति र विकासका कार्यहरूलार्इ सँगसँगै अघी बढाउने याेजनामा उनी छन् । अाफ्नाे क्षेत्रकाे विकासकाे माध्यमबाट नै अाफ्नाे मुलुककाे समग्र विकास हुने देखेर नेपाल फर्किएकाे सेताेघरसँगकाे कुराकानीमा सिलवालले बताए ।

गुहेश्वरी क्षेत्रका नेवार वस्तीमा जनचेतनामूलक कार्यहरू गर्नुपर्ने, वडा क्षेत्रमा सबैलार्इ पहुँच पुग्ने गरी खानेपानीकाे रिजर्भ ट्याङ्कीकाे व्यवस्था गर्नुपर्ने, सार्वजनिक जग्गाकाे सही तवरले व्यवस्थापन हुनुपर्ने लगायतका विषयवस्तुहरू उनले चुनावकाे क्रममा उठाएका छन् ।

धनलाल महर्जन मेयरकाे लागि र विना राना उपमेयरकाे लागि उम्मेद्वारी दिएकाे यस समूहबाट सदस्यकाे लागि रमेश ढुङ्गाना, नवराज रेग्मी,लगायतका व्यक्तिहरूले उम्मेद्वारी दिएका छन् । ट्रेड युनियम महासंघका केन्द्रीय सदस्य पीतम्बर गाैतम निर्वाचन प्रचारप्रसार समितिकाे संयाेजक छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij