२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

किन चाहिन्छ सन्तुलित भोजन ? सन्तुलित खानामा के-के हुनुपर्छ ?

किन चाहिन्छ सन्तुलित भोजन ? सन्तुलित खानामा के-के हुनुपर्छ ?

शरीरलाई आवश्यक पर्ने पोषणको लागि बिशेष खाद्य तत्वहरूको समिश्रणबाट तयार पारी उचीत मात्रा मिलाएर गरिने भोजन नै सन्तलित भोजन हो ।

पोषण भनेको के हो ?
सामान्यतया पोषण भन्नाले शरीरको बृद्धि, कोष तथा तन्तुरूको निर्माण तथा मर्मत, शरीरको सुरक्षा गर्न र शक्ति उत्पादन गर्न चाहिने तत्व हो ।
मानिसको लागि आवश्यक पर्ने पौष्टिक तत्वलाई ६ प्रकारमा वर्गिकृत गरिएको छ ।
– प्रोटिन
– भिटामिन
– कार्बोहाईड्रेट
– चिल्लो पदार्थ
– खनिज
– पानी

शरीरमा पोषणको भुमिका

– कार्बोहाईड्रेट
शक्ति प्रदान गर्न, रोगसँग जुध्नको लागि क्षमता वृद्धि गर्नको लागि हाम्रो शरीरलाई कार्बोहाइड्रेटको आवश्यक्ता पर्ने गर्दछ ।
ड्ड प्रोटिन
हाम्रो शरीरलाई प्रोटिन पनि नभई नहुने तत्व हो । कोषको वृद्धि, विकास गर्न, शरीरको कार्य संचालन गर्न तथा विभिन्न रोगसँग लड्नको लागि प्रोटिन आवश्यक पर्ने गर्दछ ।

–चिल्लो पदार्थ
मुटु, कलेजो, फोक्सोको रक्षा गर्ने कामहरु चिल्लो पदार्थले गर्ने हुनाले हाम्रो शरीरलाई चिल्लो पदार्थको आवश्यक्ता पर्ने गर्दछ ।
–खनिज
शरीरको तन्तुको वृद्धि विकासको लागि, मांशपेशीहरूको विकासमा मद्धत गर्नको लागि हाम्रो शरीरलाई खनिजको आवश्यक्ता पर्दछ ।
–भिटामिन
भिटामिनले शरीरको हाड जोर्नी, दाँत तथा विभिन्न तन्तुहरूलाई बलियो बनाउन मद्धत गर्छ । मानिसको आखाँ तेजिलो र स्वस्थ राख्नको लागि भिटामिनको आवश्यक पर्छ ।
–पानी
शरीरमा तापक्रम सही राख्नको पानीको आवश्यकता पर्दछ ।

आवश्यक पोषणहरु कुन बालीमा पाईन्छ ?
कार्बोहाईड्रेट ः

मकै, चामल, गहुँ, सखरखण्ड, आलु, तरूल, उखु, केरा, भुईकटहर, आप, मेवा, एभोकाडो
प्रोटिन ः

बोडी, सिमी, च्याउ, केराउ, भटमास, माछा, मासु, दुध, अण्डा
भिटामिन
केरा, आप, मेवा, फर्सी, काक्रो, लट्टेको साग, गाजर, काउली, पालुङ्गो, अण्डा, माछा, कलेजो भिटामिन ए
भुईकटहर, स्ट्रबेरी, कागती, मेवा, गेडागुडीहरू केराउ, सिमी, बाडी, चना भिटामिन बी
कागती, स्याउ, सुन्तला, भोगटे, गोलभेडा, अम्बा, भुईकटहर, लिची, भिटामिन सी
सुर्यको कीरण, माछा, दुध, अन्न बाली साथै दुधजन्य पदार्थ जस्तैस् दही, नौनी, घिऊ भिटामिन डी
स्ब्रोकाउली, कुरिलो, सलगम नरिवल, काजु, सुर्यमुखि फुलको तेल भिटामिन ई
बन्दाकोबी, काउली, ब्रोकाउली, कुरिलो, अन्नबाली, माछा, कलेजो, अण्डा भिटामिन के
गाँढा हरियो रङ्गका तरकारीहरू, कुरिलो, ब्रोकाउली, गाजर, काउली, मकै, स्याउ, एभोकाडो, सुन्तला, अंगुर,

दुध चिल्लो पदार्थ ः

रातो मासु, तेल, घिउ, एभोगाड्राे

खनिज पदार्थ ः

माछा, मासु, दुध, दहि, मुला, गाजर, सिस्नु, पालुङ्गो, बन्दागाेबी एक स्वस्थ

पानी ः

एक व्यक्तिले कम्तीमा पनि दिनको ८ गिलास वा २ लिटर पानी पिउन जरुरी छ ।

 लेखक गैरे शितल थाेपा सिंचाइका कार्यक्रम संयाेजक हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij