तारकेश्वर स्थित ४ नम्बर वडाबाट राप्रपाकाे तर्फबाट वडा अध्यक्षकाे रूपमा अर्जुन प्रसाद उप्रेतीले उम्मेद्वारी दिएका छन् । हिन्दुराष्ट्रकाे मुद्दालार्इ उठाउँदै अाएकाे राष्ट्रिय प्रजातन्त्र पार्टीकाे तारकेश्वर क्षेत्रमा पनि उपस्थिति राम्राे बन्दैछ ।
काठमाडाैंकाे ७ नम्बर क्षेत्रमा पर्ने तारकेश्वरकाे ४ नम्बर वडामा बाटाे, पानी, मठमन्दिरकाे संरक्षण र वृद्धवृद्धाकाे वृद्धभत्तालार्इ थप व्यवस्थित बनाउने याेजना अघी सारेका उप्रेतीले साेही बमाेजिम कार्य गर्दै अाएकाे राप्रपाले काठमाडाैंकाे यस क्षेत्रमा रहेकाे नेवार जाती अन्तरगतकाे पुतहर बस्तीमा विकासकाे महसुस गराउने प्रण गरेका छन् ।
२२ सय मतदाता रहेकाे ४ नम्बर वडा क्षेत्र तारकेश्वर नगरपालिकाकाे विकासकाे हिसाबले पछि परेकाे क्षेत्र हाे । यस क्षेत्रमा नगरपालिका अन्तरगत विनियाेजन हुने बजेट मध्ये निकै कम बजेट मात्र यस क्षेत्रकाे विकासकाे निम्ति छुट्याइने गरिएकाे उप्रेती बताउँछन् । अघिल्लाे बर्ष मनमैजु क्षेत्रकाे निम्ति ५८ लाख रकम
विनियाेजन हुँदा पुरानाे गुहेश्वरी तथा गाेलढुंगा क्षेत्रमा पर्ने यस वडामा २६ लाख रकम मात्र विनियाेजन गरिएकाे तर पछि यसबारेमा पुःन अावाज उठाएर बजेट बढाउन माग गरे पश्चात् बजेट ४० लाख पुर्याइएकाे थियाे । यस बर्ष पनि उक्तलार्इ बजेट ४० लाख नै कायम गरियाे ।
शिक्षा र जनचेतनामा पुतहरकाे अवस्था कमजाेर ः
उप्रेतीका अनुसार काठमाडाैंका स्थानीयवासीकाे रूपमा रहेका पुतहरहरू अहिले पनि काठमाडाैंका विभिन्न क्षेत्रमा छरिएर रहेका भएपनि उनीहरूकाे अवस्था तुलनात्मक रूपमा निकै नै कमजाेर छ । उनीहरूकाे शशक्तिकरणकाे निम्ति अब नेतृत्वले विशेष प्राथमिकताकाे साथ काम गर्नु जरूरी छ । अघिल्लाे बर्षकाे भूकम्प पश्चात घरविहीन बनेका गाेलढु्ंगा क्षेत्रका पुतहरहरूलार्इ भारतीय संस्था पुण्यले १ सय २० टहरा बनाइदिएसँगै अहिले उनीहरू ती टहरामा अाश्रय पाएका छन् । यद्यपि शिक्षा र जनचेतनामा भने उनीहरूकाे अवस्था अहिले पनि निकै नै कमजाेर छ । गरीबीकाे रेखामुनि रहेका उनीहरूकाे अवस्था माथि उठाउनकाे निम्ति अबकाे नेतृत्वले विशेष समन्वयनकारी भूमीका निर्वाह गर्नु जरूरी छ ।
यसकाे अलावा यस क्षेत्रमा रहेकाे गुठी जग्गाकाे संरक्षण गर्दै बाटाे, पानी र विद्युत सुविधा हरेक वस्तीमा पुग्ने व्यवस्था मिलाउनु पनि त्यत्तिकै अावश्यकता छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij