२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

एलेप्पोबाट ३ हजारभन्दा बढी सर्वसाधारण बाहिर निकालिए

एलेप्पोबाट ३ हजारभन्दा बढी सर्वसाधारण बाहिर निकालिए

सिरिया । विद्रोही नियन्त्रित सिरियाको एलेप्पोमा फसेका ३ हजारभन्दा बढी सर्वसाधारणलाई बाहिर निकालिएको छ ।

अन्तर्राष्ट्रिय रेडक्रसले विद्रोहीको नियन्त्रणमा रहेको एलेप्पोमा फसेकाहरुलाई सकुशल बाहिर निकालिएको जनाएको छ । रुसी सेनाको सहयोगमा सिरियाली सेनाले विद्रोहीको कब्जामा रहेको क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएपछि फसेका सर्वसाधारणलाई निकालिएको हो ।

यहाँ फसेका अन्यलाई पनि निकाल्ने काम भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो क्षेत्रमा विद्रोहीले करिब चार वर्षदेखि कब्जा गर्दै आएका थिए ।

त्यहाँका स्थानीयलाईसमेत उनीहरुले बन्धकजस्तै बनाएर राखेका थिए । रुसी रक्षा मन्त्रालयले उद्धार गरिएका घाइते, सर्वसाधारण र लडाकुलाई इदलिब प्रान्तमा राखिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij