साना केटाकेटीहरूले अाफ्ना अग्रजहरूले जस्ताे कार्य र व्यवहार प्रस्तुत गर्छन्, त्यसै बमाेजिम नै अाफ्नाे बानी व्यवहार पनि साेही बमाेजिम नै अघी बढ्छ । त्यसैकारण भनिन्छ, Elders are a role model to kids and kids look up to them to learn new things every day.
इण्डाेनेसियामा यस्तै एउटा घटना भएकाे छ, जहाँ २ बर्षकाे अार्डी रिजाल नाम गरेकाे बच्चाकाे व्यवहार चुराेटकाे कुलतमा यसरी पर्न गयाे कि बिना चुराेट बालक बस्न नै नसक्ने भयाे । दैनिक ४० खिल्ली सम्म चुराेट सेवन गर्नु उसकाे लागि सामान्य जस्तै भयाे । उसकाे २ बर्षकाे कलिलाे जीवन नै चुराेटकाे धुवाँ बन्य पुग्याे । जुन कसैले कल्पना सम्म गर्न सक्दैन ।बाबुअामाकाे कुलत तथा चुराेटकाे लत २ बर्षे बच्चामा समेत निकै नराम्राे तवरले गडेकाे व्यवहार र बानी पछि जसरी पूर्ण रूपमा हट्न सक्याे, त्याे अर्काे चासाेकाे बिषय बनेकाे छ ।
२ बर्षे बालककाे वास्तविक जीवनमा अाधारित यस घटनाले बाल मष्तिष्कमा परिवार र समाजकाे कस्ताे प्रभाव पर्छ भन्ने कुराकाे एकातिर चित्रण गरेकाे छ भने अर्काेतिर राम्राे सङ्गत हुन सकेकाे खण्डमा एकपटक कुलतमा फसेकाे व्यक्ति पुःन सामान्य जीवनमा फर्कन समेत सक्दाे रहेछ भन्ने कुरा समेत समाजकाे निम्ति पाठ बन्न सक्छ ।
२ बर्षकाे बच्चाले दैनिक ४० खिल्ली चुराेट सेवन गर्ने किसिमले विकास भएकाे बालककाे यस व्यवहारले उनका अभिभावक समेत निकै अाजित भए । यद्यपि रिह्याविटेसन सेन्टरकाे माध्यमबाट उनकाे उपचार गराइसके पश्चात् भने ती बालककाे स्वास्थ्य अवस्थामा पुःनसुधार अायाे ।
बच्चाकाे उपचार भइसके पश्चात् भने उनी सामान्य अवस्थामा नै फर्कन सम्भव रह्याे । दैनिक ४० खिल्ली चुराेट सेवन गर्ने बालक पूर्ण रूपमा कसरी सामान्य जीवनमा फर्कन सफल भए भन्ने कुरा विश्व समुदायकाे निम्ति निकै नै चासाेकाे विषय समेत बनेकाे छ । सन् २०१० काे याे घटनाकाे भिडियाे निकै भारइल समेत बन्याे ।
♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦
जब बालक ३ बर्षकाे भयाे, ४० खिल्ली चुराेट उसकाे दैनिक अादत बन्याे । सन् २०१०-११ मा याे घटना विश्वव्यापी रूपमा नै निकै नै चासाेकाे विषय बन्याे । यसमा इण्डाेनेसियन सरकारले नै चासाेकाे साथ उसकाे उपचार गर्ने कार्यकाे जिम्मेवारी लिने निधाे गर्याे । साेही बमाेजिम रिह्याबिटेसन सेन्टरमा भर्ना गरियाे । साथै अन्य बालबालिकाहरूमा पनि ती बालक जस्ताे चुराेट सेवन गर्ने बानी विकास भएकाे छ कि छैन ? भन्ने साथै त्यस्ताे बानी भेटिइ कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने सम्बन्धमा अभियान नै चलाएर अभिभावकहरूलार्इ सचेत र सक्रिय गराइयाे । जुन अभियानमा बालबालिकामा यस्ता समस्या अाउन नदिनकाे निम्ति अभिभावक नै पूर्ण रूपमा चुराेट लगायतका कुलतबाट टाढा हुनुपर्ने कुरालार्इ जाेड दिइयाे ।
♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦
रिह्याविटेसन सेन्टर पश्चात् ः
इण्डाेनेसियाकाे राजधानी शहर जाकर्टामा रहेकाे रिह्याविटेसन सेन्टरमा उक्त बालकलार्इ थेरापी सेसनमा भर्ना गरियाे । रिह्याबिटेसन सेन्टरमा भर्ना गरी उपचार शुरू गरेकाे पहिलाे २ हप्तामा नै उक्त बालकमा अचम्म लाग्दाे तवरले अर्काे चमत्कार देखियाे । १ बर्ष देखि ३ बर्ष सम्मकाे उमेरका बालबालिकालार्इ Todler Age काे रूपमा चित्रण गरिएकाे छ । यस उमेरका बालबालिकाहरूकाे मानसिक, बाैद्धिक र संवेगात्मक विकास निकै तीव्र गतिमा हुने मानिन्छ । यद्यपि साेही उमेर भित्र नै ती बालककाे रिह्याविटेसन सेन्टरबाट उपचार गराइएकाे कारण उनकाे उपचार सम्भव रहेकाे तर त्याे उमेर पश्चात् भने ती बालक त्यति सजिलै सामान्य सामान्य जीवनमा फर्कन सम्भव नहुने मनाेवैज्ञानिकहरू बताउँछन् । यद्यपि ती बालककाे यति छिटाे जीवनले नयाँ नयाँ माेड लिएकाेमा भने बाल मनाेवैज्ञानिकहरू समेत अाश्चर्यमा छन् ।
♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦
केही समय पछि ः
बालकले चुराेटकाे लत छाेडे । उनी सामान्य जीवनमा फर्किसकेका थिए । यद्यपि उनकाे याे लत हटिसकेकाे भएपनि ती बालककाे निम्ति बाहिर निस्कन सफल उनले लत जंक फुड र हुक्का सेवन तर्फ माेडियाे । यसकाे प्रभाव स्वरूप ती बालककाे ताैलमा अस्वभाविक वृद्धि भयाे ।
♦♦♦♦♦♦♦♦♦♦♦♦♦
जंक फुड र हुक्का सेवन पश्चात् ः शरीरकाे ताैलमा अस्वभाविक वृद्धि
जब उनले हुक्का सेवन शुरू गरे । ती बालककाे शरीरकाे ताैल निकै नै बढेर गयाे । याे उनकाे निम्ति अर्काे समस्याकाे रूपमा देखा पर्याे । सामान्यतया बाेडी मास इन्डेक्स २५ देखि २९.९ भन्दा बढी हुनुलाइ अस्वभाविक माेटाे मानिन्छ । ती बालकका बुबाअामालार्इ याे समस्या अर्काे टाउकाे दुखाइ बन्याे । यसैकारण ती बालकलार्इ खानामा निकै नै कटाैती गर्नुपर्याे ।
♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦♦
अहिले कस्ताे छ उनकाे अवस्था ?
अहिले ती बालक चुराेट, जंक फुड र हुक्का लगायतका लतहरूबाट टाढा छन् । उनी यी लतबाट पूर्ण रूपमा मुक्त भएका छन् । उनी अाफूलार्इ अहिले रिह्याबिटेसन कन्सल्ट्यान्ट्सकाे रूपमा सक्रिय जीवनमा फर्किएका छन् । पछिल्लाे ३-४ बर्षमा उनले सयाैं मानिसहरूलार्इ कुलतकाे दुर्व्यवहारबाट बाहिर निकाल्न सफल भएका छन् । अहिले निकै प्रतिष्ठित व्यक्तिकाे रूपमा परिचित छन् उनी ।
यस्ता घटना नेपालमा पनि भएका छन् ः
हाल नेपालमा एक्सन फर साेसियल चेन्ज नामक संस्था सञ्चालन गर्दै अाएका विनय बस्नेत पहिले कुलतमा नै नराम्राे सँग परेका व्यक्ति हुन् । काठमाडाैंका अस्पतालहरूमा वेवारिसे शवहरूकाे दाहसंस्कार गर्ने कार्यमा संलग्न रहँदै अाएका उनी विरामीहरूकाे उपचारकाे अलावा नेपालमा नै रहेर रिह्याविटेसन सेन्टरकै कारण सामान्य जीवनमा फर्कन सफल भएका हुन् । बस्नेतकाे वास्तविक जीवनमा अाधारित नदेखिएका अाँशुहरू नामक डकुमेन्ट्री बजारमा अाउने क्रममा छ ।
साथै नेपालमा मनाेक्रान्ति अभियानका प्रवद्धक डा. याेगी विकासानन्दकाे कहानी पनि निकै कहाली लाग्दाे छ । जन्म पश्चात् सालनाल सहित क्षेत्रपाटीकाे गणेश मन्दिरमा वेवारिसे अवस्थामा भेटिएका विकासानन्द धर्मपुत्रकाे रूपमा बाल्यकाल पार गर्न सफल भए । यद्यपि ८ बर्षकाे उमेरमा पुग्दा सङ्गतकाे परिणाम स्वरूप उनी पनि अार्थिक स्राेत जाेहाे गर्नकाे निम्ति टाेलछिमेकमा चाेरी लगायतका गलत क्रियाकलापमा संलग्न थिए ।
१२ बर्षकाे उमेरमा पुग्दा नक्सालकाे बालमन्दिरमा भर्ना भएर चित्रकलामा राम्राे प्रगति गर्न सके । उनलार्इ विभिन्न देशकाे भ्रमणकाे अवसर मिल्याे । पछि कब्जियतकाे समस्याकाे कारण उनकाे जीवनकाे अर्काे अध्याय शुरू भयाे । उनी याेग र अायुर्वेद तर्फ माेडिए । पछि नेपालबाट खालि हात भारत प्रवेश गरेर ५-६ बर्ष पछि नेपाल फर्कदा याेगशास्त्रमा विद्यावारिधि तह सम्मकाे अध्ययन पूरा गरेर ज्ञानी बनेर नेपाल फर्के । नेपालमा फर्के पश्चात् उनले विभिन्न विलक्षणयुक्त क्रियाकलापहरू प्रदर्शन गरे । अहिले उनी डा. याेगी विकासानन्दकाे रूपमा चर्चित छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij