काठमाडाैंकाे उत्तरी क्षेत्रमा पर्ने बालाजुकाे नेपालटार स्थित महादेवखाेला पुलसँगै सञ्चालनमा रहेकाे नेशनल माेडल इङ्गलिस सेकेण्डरी स्कुल स्थापना देखि नै चर्चामा रहँदै अाएकाे छ । राम्राे नतिजा दिन सफल रहेकाे याे विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरू अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नै अाफ्नाे प्रतिभा प्रस्तुत गरी अवार्ड हात पार्न सफल छन् ।
ह्याण्ड राइटिङ, अार्ट, डान्स, म्युजिक, स्पाेर्टस् लगायतका क्षेत्रमा विद्यार्थीकाे क्षमतालार्इ प्रस्फुटन गर्ने उपयुक्त प्लेटफर्म बन्न सकेकाे यस विद्यालयले विद्यार्थीकाे मनाेवैज्ञानिक अवस्थालार्इ बुझेरै साेही बमाेजिम शिक्षणसिकार्इमूलक क्रियाकलापहरू सञ्चालन गर्दै अाएकाे छ ।
यसै विद्यालयमा अध्ययन गरेका विद्यार्थी सुजन अधिकारी World Handwriting Contest 2016 मा नेपालबाट प्रथम हुन सफल भए भने विश्वभरबाट उनले दाेस्राे स्थान हासिल गर्न सफल रहे । नेपालमा उनलार्इ शिक्षा राज्यमन्त्री धनमाया वि.क.बाट सम्मानित गरिएकाे थियाे ।
स्तरीय शैक्षिक संस्था छनाैटबारे यसाे भन्छन् प्रिन्सिपल अधिकारी ः

गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थामा मात्र अाफ्ना बालबालिकालार्इ अध्ययनकाे निम्ति पठाउनु उपयक्त हुने प्रिन्सिपल डि.एन. अधिकारी बताउँछन् ।
विद्यार्थीकाे सर्वाङ्गीण विकासकाे निम्ति शिक्षा अपरिहार्य रहेकाे हुँदा अभिभावकले विद्यालयकाे छनाैट गर्दा विद्यालयकाे भाैतिक अवस्था, विद्यालयकाे व्यवस्थापन पक्ष, विद्यालयमा संलग्न शिक्षकशिक्षिकाकाे अनुभव र दक्षता, प्रयाेगशालाकाे अवस्था, पुस्तकालय र खेलकुदकाे निम्ति विद्यालयकाे वातावरण र विगत देखिकाे पृष्ठभूमी लगायतका कुराहरूमा समेत विचार गर्नुपर्ने यस विद्यालयका प्रिन्सिपल डिएन अधिकारी बताउँछन् ।
प्याब्सन अन्तरगत बालाजु फाेरमका अध्यक्ष समेत रहेका अधिकारी अाफूले सञ्चालन गर्दै अाएकाे यस विद्यालयमा विद्यार्थीकाे निम्ति यी सबै कुराहरू उपलब्ध रहेकाे दाबी गर्छन् । यसैकारण एकपटक विद्यार्थी भर्ना गर्ने क्रममा एकपटक अभिभावकलार्इ अाफ्नाे विद्यालयमा भ्रमण गर्नकाे निम्ति समेत अाग्रह गरेका छन् ।
उपयुक्त वातावरण ः
६ राेपनी क्षेत्रफलमा फैलिएकाे यस विद्यालयमा
विद्यालयकाे निम्ति अावश्यक सबै भाैतिक पूर्वाधारहरू उपफलब्ध छन् । मन्टेश्वरी विधिबाट अध्ययन अध्यापन गराउँदै अाएकाे यस विद्यालयले विद्यार्थीलार्इ घरायसी वातावरणकाे अनुभुति दिलाउन सफल छ ।
काउन्सिलङमा जाेड ः
विद्यार्थीलार्इ दण्ड सजाँयकाे माध्यमबाट नभइ सकारात्मक उत्प्रेरणाकाे माध्यमबाट अध्ययन गराउँदै अाएकाे यस विद्यालयमा हाल सबै कक्षामा सेक्सनहरू विभाजन गरी साेही बमाेजिम अध्ययनकाे प्रबन्ध मिलाउँदै अाइएकाे छ । नर्सरी देखि कक्षा १० सम्मकाे अध्ययन हुँदै अाएकाे याे विद्यालय वि.सं २०५७ मा स्थापना भएकाे हाे । अन्य विद्यालयहरूमा D.I. अर्थात Dicipline Incharge रहने भएपनि यस विद्यालयमा भने अभिभावक र विद्याथीलार्इ सही परामर्शबाट नै सही बाटाेमा हिँडाउन सकिन्छ भन्ने मान्यताले C.I. अर्थात Counciling Incharge काे व्यवस्था रहेकाे विद्यालयका इन्चार्ज कमल प्रसाद पाेखरेलले सेताेघर डट कमलार्इ बताए ।
स्वास्थ्यमा विशेष ख्याल ः
विद्यार्थीलार्इ शिक्षा दिने मात्र हाेइन, उनीहरूकाे सर्वाङ्गीण विकासमा नै ख्याल गर्नुपर्ने कुरालार्इ ख्याल गरेर हाल यस विद्यालयले सुलभ दरमा खाजाकाे व्यवस्था गर्दै अाएकाे छ । साथै जङ्क फुडलार्इ निशेध गर्ने प्रयासमा छ विद्यालय ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij