२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

संशोधन प्रस्तावमा मोर्चा राजी !

संशोधन प्रस्तावमा मोर्चा राजी !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले सडकदेखि सदनसम्म गरिरहेको आन्दोलनलाई ‘प्रतिक्रियावादीहरूले उत्पीडित जनतालाई अधिकार नदिन चलाइएको वितण्डा’ भन्दै मधेसी मोर्चाले संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
सरकारले संसद्मा दर्ता गरेको संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने निर्णय मोर्चाले गरेको हो ।
तराईमधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा शनिबार बसेको मोर्चा बैठकले एमालेको आन्दोलनलाई ‘शोषक वर्गले उत्पीडित जनताविरुद्धमा चलाएको वितण्डा’ भन्दै त्यसको निन्दा गर्ने निर्णय गर्दै सरकारले संसद्मा दर्ता गराएको संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने निर्णय गरेको हो ।
बैठकपछि मोर्चाका नेता एवं फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले भने, ‘राष्ट्रवादका नाममा मधेस र मधेसीविरोधी नीतिका साथ एमालेले जारी राखेको सडकदेखि सदन अवरोधसम्मको आन्दोलनको उद्देश्य जनतालाई अधिकार नदिने षड्यन्त्र हो ।’
एमालेको संसद् अवरोधको निन्दा गर्दै बैठकले सदनमा संशोधन प्रस्ताव छलफल रोक्नुको उद्देश्य लोकतन्त्रको मूल्य र मान्यताविपरीत भएको ठहर गरेको उनले बताए, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij