सोलुखुम्बु जिल्लामा जन्मेर हाल कमलपोखरी स्थित वल्र्ड फ्रेट इन्टरनेशनल सञ्चालन गर्दै आएका प्रकाश सिंह कार्कीले व्यावसायिक हकहित र अधिकारको एजेण्डा सहित एफएनसिसिआईको चुनावमा कार्यसमिति सदस्य पदकाे लागि उम्मेद्वारी दिएका छन् ।
नेपालमा यस क्षेत्रको राम्रो सम्भावना भएको र राज्यको समेत राम्रो सहयोग रहेको भएपनि व्यवसायीहरु नेतृत्वदायी भूमीकामा रहन नसकेको कारण यो क्षेत्रको अपेक्षित विकास हुन नसकेको कुरालाई मध्यनजर गरेर आफूले उम्मेद्वारी दिएको कार्कीले बताएका छन् ।
प्रकाश सिंह कार्की
अध्यक्ष, नेपाल फ्रेट फरवाडर्स एसोसिएसननेपाल उद्याेग वाणिज्य महासंघकाे निर्वाचनमा कार्यसमिति सदस्य पदका प्रत्यासी
वाणिज्य मन्त्रालय अन्तरगत इन्टरपोल मोडलको वोर्ड समिति सदस्य समेत रहेका कार्की हाल नेपाल फ्रेट फरवार्डर एसोसिएसनको अध्यक्षको भूमीकामा रही उक्त संस्थाको नेतृत्व गर्दै आएका छन् । काठमाडौंको लायन्स क्लब अफ काठमाडौं क्यापिटलका अध्यक्ष समेत रहेका कार्की इमान्दार, नेतृत्वमा सबल र सबैको विचार राम्रो सँग बुझ्न सक्ने क्षमता भएका व्यक्ति हुन् ।

काठमाडौंबाट प्यारागन ट्राभल एण्ड टुर्स समेत सञ्चालन गर्दै आएका उनी परिवारबाट व्यावसायिक यात्रामा लागेका उनी नै पहिलो व्यक्ति हुन् । सबैको भावनाको कदर गर्ने र यथोचित स्थान दिने कार्कीले नेपाल फ्रेट फरवाडर्स एसोसिएसनमा स्थापनाकाल देखि नै सक्रिय रुपमा आफूलाई अघी बढाउँदै आएका थिए । यद्यपि अहिले सम्म उनले नेतृत्व लिएका सबै भूमीकामा उनी निर्विरोध नै हुँदै आएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij