२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

सामसङको सबैभन्दा ठुलो परीक्षा आज, दुई बहुप्रतिक्षित स्मार्टफोन आउँदै

सामसङको सबैभन्दा ठुलो परीक्षा आज, दुई बहुप्रतिक्षित स्मार्टफोन आउँदै

न्यूयोर्क । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले आज उसका दुई बहुप्रतिक्षित स्मार्ट फोन सार्वजनिक गर्दैछ । सामसङले फ्ल्यागसिप स्मार्ट फोन ग्यालेक्सी एस एट र ग्यालेक्सी एस एट प्लस लन्च गर्न लागेको हो ।

यो पटक यी दुई स्मार्ट फोनको व्यग्र प्रतिक्षामा छन् विश्वभरका मोबाइल फोनप्रेमी । यस पटकको कार्यक्रम कयौँ मामिलामा विशेष रहेको छ । यी दुई स्मार्ट फोन लन्चलाई सामसङको सबैभन्दा ठुलो परीक्षणका रुपमा हेरिएको छ ।

गत साल ल्याएको ग्यालेक्सी नोट सेभेन आगो लागेर पड्किँदा नराम्ररी फ्लप हुन पुगेपछि सामसङले यी दुई स्मार्ट फोनमार्फत ग्राकको विश्वास जित्न खोज्ने छ ।

यस पटक सामसङले यी स्मार्टफोनमा उत्कृष्ट ब्याट‍्री दिने भएको छ । सामसङ ब्याट्री नपड्किने ग्यारेन्टीसहित यी सेट ल्याउन लागेको हो ।

लन्च भन्दा पहिले यी स्मार्टफोनका तस्बिरलाई लिएर स्पेसिफिकेशन र फिचर्स पनि लीक भएका छन् । विश्व प्रविधि समाचार अनुसार चुहिएका कतिपय विवरण सत्य पनि छन् ।

यस्तो छ ग्यालेक्सी एस एट
होम बटन छैन: यो स्मार्टफोनमा होम बटन हुनेछैन । त्यसैगरी होम बटनमा हुने फिङ्गरप्रिन‍ट स्क्यानर अबबाट क्यामेरा नजिकै हुनेछ ।

कम बेजलवाला स्क्रीन: स्क्रीनमा बेजल कम हुनेछ । ठुलो स्क्रीन र अनाववाश्यक सराउन्डिङ्गबाट पनि अब मुक्ति मिल्नेछ ।

बिक्सबाइई भ्वाइसस ऐसिस्टेन्ट: भर्चुअल ऐसिस्टेन्ट पहिलो पटक सामसङले ल्याउँदैछ । यसका लागि खास बटन दिइएको छ जसलाई यसले एक्टिभेट गर्ने छ।

क्यामेरा: पहिले भन्दा राम्रो क्यामेरा दिइएको छ जसले आईफोन एटलाई टक्कर दिने क्षमता राख्छ । पिक्सेलमा धेरै ध्यान दिइएको त र यस पटक सेन्सर दमदार हुनेछ ।

डेक्स फिचर: स्मार्टफोनको मनिटरबाट कनेक्ट गरेर कम्प्यूटर जस्तै यसलाई प्रयोग गर्न सकिन्छ। यो फिचर माइक्रोसफ्टको लूमियामा कोन्टिन्युम फिचरमा दिइएको थियो।

कर्व्ड डिस्प्ले: यस पटक ग्यालेक्सी एस एटका दुबै सेटमा पनि डुअल एज कर्व्ड डिस्प्ले दिइएको छ । अर्कोतिर रिजोलुसन पहिले भन्दा उत्कृष्ट छ ।

फेसियल रिकग्निन: यो फिचर पनि ग्यालेक्सी एस एटक उत्कृष्ट फिचरमध्ये एक हो ।

डुअल क्यामेरा सेटअप: ग्यालेक्सी एस एटको डिस्प्ले फोर के हुन सक्छ । र यसमा डुअल क्यामेरा सेटअप पनि पाइनेछ । यसका अलावा यसमा क्वाल्कम स्नयापड्रयागन ८३५ चिपसेट र ८ जीबी र्‍याम पनि सामेल छ ।

तर पनि अहिले आएका धेरैजसो रिपोर्टहरुमा भने यसमा ६ जीबी र्‍याम रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij