२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

जटिल बन्दै भाडावालहरुका समस्या ः पहल हुनु जरुरी

जटिल बन्दै भाडावालहरुका समस्या ः पहल हुनु जरुरी

अहिले काठमाडौं उपत्यकामा कोठा भाडामा बस्ने मानिसहरुको निम्ति विभिन्न किसिमका समस्याहरु भोग्नुपरेको छ । अहिले सम्म घर भाडाको मापदण्ड केही पनि छैन । यसकारण घर मालिकले आफ्नो निर्णय बमोजिम मनलाग्दी कोठाको मूल्य निर्धारण गरिंदा अहिले बहुसङ्ख्यक भाडावाल नेपालीहरु पीडित हुनुपरेको छ । नेपाल सरकारले पनि यसमा कुनै पनि पहल गरेको पाईंदैन ।

भीमनाथ उपाध्याय

सचिव

वालाजु हाेटल व्यवसायी संघ

कोठाको मूल्य वृद्धि उच्च दरमा हुँदै आएको छ । अहिले हरेक क्षेत्रमा बढिरहेको अत्यधिक मूल्यको कारणे शहरी क्षेत्रको बसाई सामान्य निम्न आर्थिक अवस्था भएका नेपालीहरुको निम्ति अभिशाप सावित भएको अधिकांश नेपालीहरुले महसुस गरिरहेका छन् ।


भाडा निर्धारणका मापदण्डहरु अहिले सम्म नेपालमा बन्न नसकेको अहिलेको अवस्थामा नेपालीहरुले भाडा बापत तिरेको रकमबाट राज्यले राजस्व समेत पाउन सकेको छैन । कुनै घरमा व्यवसाय गरेर बसेका व्यवसायीहरुले नै वहालकर बुझाउनुपरेको बताउँछन् । नेपालमा अहिले सम्म भाडामा बसेका मानिसहरुबाट राजस्व सङ्कलन गर्न नसकिएको कारण राज्यलाई भने ठूलो नोक्सानी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij