२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

प्रतिभाकाे मापन र अहिलेकाे परीक्षा प्रणाली : शिक्षाप्रेमी राजेन्द्र फुयाँलकाे दृष्टिकाेण

प्रतिभाकाे मापन र अहिलेकाे परीक्षा प्रणाली : शिक्षाप्रेमी राजेन्द्र फुयाँलकाे दृष्टिकाेण

प्रत्येक बालकले अरू भन्दा पृथक तर असीम सम्भावना बाेकेकाे हुन्छ । हरेक बालक वा बालिका स्वतन्त्र हुन्छन् । उनीहरूकाे जीवनकाे अाफ्नै उद्देश्य हु्न्छ । अामा, बाबु र शिक्षकले कल्पना नै गर्न नसक्ने सृजनात्मक अन्तरनिहीत क्षमता उसमा लुकेर रहेकाे हुन्छ । यसैकारण हरेक

समाजमा हरेक बाबुअामाले बालबालिकालार्इ अनेक प्रपञ्च द्वारा अाफ्नाे चाहना बमाेजिमकाे अादर्श व्यक्ति बनाउने प्रचञ्च रचिन्छ । यसैकारण उनीहरूकाे वास्तविक प्रतिभा प्रस्फुटित हुन पाउँदैन । यसै कुरालार्इ ख्याल गरेर अाजकाे अाधुनिक मनाेवैज्ञानिक शैक्षिक मान्यताहरू निम्नानुसार अाैंल्यार्इएकाे छ ।

  • बालबालिकाहरूलार्इ कुनै पनि किसिमकाे मानसिक दबाबमा पारिनुहुँदैन ।
  • बालबालिकाहरूलार्इ प्रताडित गर्नुहुन्न ।
  • बालबालिकाहररू प्रति संवेदनशिल बन्न सक्नुपर्छ । साथै उनीहरूकाे व्यक्तित्व पूर्ण रूपमा स्वीकार गर्न सक्नुपर्छ ।
  • बालबालिकाहरूलार्इ स्वतन्त्रता दिनुपर्छ ।
  • बालबालिकाहरूकाे उत्सुकता र प्रयाशकाे कदर गर्नुपर्छ ।
  • बालबालिकाहरूलार्इ अाफ्नाे अभिव्यक्ति व्यक्त गर्न पाउने अवसर प्रदान गरिनुपर्छ ।
  • हामीले चाहे जस्ताे नभइ उनीहरू अाफैंले चाहेजस्ताे बन्नकाे निम्ति हामीले सहयाेग गर्नुपर्छ ।

तर अहिलेकाे अवस्थामा भने यी सबै कुराहरू सिद्धान्त मात्र भएका छन् । बालबालिकाहरूकाे स्वतन्त्र व्यक्तित्व माथि अधिकांश अभिभावक तथा शिक्षकहरू समेतले नबुझेकाे  र केहीले भने बुझ्दाबुझ्दै पनि उनीहरूकाे क्षमता माथि बलात्कृत गर्ने काम हुँदै अाएकाे छ । यसैकारण युवा अवस्थामा पुगिनसक्दै बालक विद्राेही भएर निस्किएकाे हुन्छ वा बालक हीनतावाेधले गाँजिएकाे हुन्छ । साथै उ जीवनकाे उद्धेश्यबाट निराश भर्इ कुलतकाे सिकार समेत बन्न पुगेकाे छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा विद्यालय तथा विश्वविद्यालयले बालबालिकाहरूकाे प्रतिभाकाे तहगत नतिजाकाे अाधारमा श्रेणीगत रूपमा हाल  A+, A, B+, B…… काे अाधारमा प्रमाणपत्र दिने प्रचलन छ, यसले अझ बढी विद्यार्थीहरूकाे मानवीयतामा अस्तव्यस्तता निम्त्याएकाे छ ।

विद्यार्थी उत्सुकता र साहसी भइ २-३ घण्टाका यस्ता  परीक्षामा सामेल त हुन्छ तर पनि यस्ता परिक्षाले उनीहरूकाे विशिष्टता बारे अाँकलन गर्न सक्दैनन् । यसैकारण यी परीक्षाहरू उनीहरूकाे गुण  र विशेषताहरूकाे मापदण्ड हाेइनन् ।

सबै अभिभावक तथा सराेकारवालाहरूले बुझ्नैपर्ने कुरा ः

विद्थार्थीहरू मध्ये अधिकांशले २ वा ३ भाषा बाेल्न सक्छन् भन्ने परीक्षकलार्इ सायद थाहा हुन्छ हाेला । अझै परीक्षकहरूलार्इ विद्यार्थीहरूले बाजा बजाउन सक्छन्, त्यसमा कति पाेख्त छन् ? नृत्यमा पारङ्गत पाे छन् कि ? राम्राे चित्र काेर्न सक्छन् कि ? सुरिलाे गीत गाउन सक्छन् कि ? भन्ने कुरा विद्थार्थीले कागजमा लेखेकाे कुराहरू हेरेर थाहा हुने त कुरै भएन । थाहा भएपनि त्यसलार्इ कसरी अंक र अक्षरमा ग्रेडिङ गर्ने त ? याे निकै नै कठिन कुरा हाे ।

वास्तवमा परीक्षकहरूलार्इ त विद्यार्थीकाे चरित्रकाे बारेमा जानकारी हुँदैन । साथीहरू अापत्-विपदमा कति सम्म एकअर्काप्रति भर गर्दछन् भन्ने कुरा पनि परीक्षकलार्इ थाहा हुँदैन । वास्तवमा परीक्षकलार्इ त विद्यार्थीहरूले सुन्दर र उत्कृष्ट कविता लेख्न सक्छन्, अाफ्नाे भविष्यबारे अाफैं उत्सुक र चकित हुन्छन्, विद्यालयबाट घर गएपछि अाफ्ना साना-साना भार्इबहिनीहरूलार्इ खुसी पार्दै खेलाउन सक्छन् भन्ने लगायतका कुराहरू २-३ घण्टाकाे लिखित परीक्षाले कसरी मूल्याङ्कन गर्न सक्छन् ? परीक्षकलाई विद्यार्थीहरुले डुलेका ठाऊँ, भाेगेकाे अनुभव र सिकेका कुराहरूकाे बारेमा पनि जानकारी हुँदैन । साथै विद्यार्थीले फुर्सदको समयमा परिवार र साथीभार्इसँग बिताउँदा कति खुसी हुन्छन् भनेर पनि के थाहा ?

साथै विद्यार्थीहरूले विश्वसनीयता, दयालुपन लगायतका सर्वोत्तम उपलब्धि हासिल गर्न हरेक दिन कति प्रयासरत हुन्छन् भन्ने कुरा परीक्षामा प्राप्त गरेको अंकले कसरी बताउन सक्दछ ? हो परीक्षामा पाएको अंकले उनीहरुबारे केही बताएपनि सबै कुरा भने खुलाउन सक्दैन ।

परीक्षाफल हेरेर गर्व त गर्न सकिन्छ तर परीक्षामा पाइने अंक बाहेकका अन्य कुराहरुबाट पनि विद्यार्थी होनहार बन्न सक्ने र अघी बढ्न सक्ने धेरै उपायहरु हुन सक्छन् । जसबाट विद्यार्थीहरुले आफ्नो अगाडिको बाटो फराकिलो बनाउन सक्छन् ।
अन्त्यमा, यस लेखको उद्धेश्य भनेको २-३ घण्टाको लिखित परीक्षा प्रणालीलाई अन्त्य गर्नुपर्छ भन्ने चाहिँ होइन । तर २-३ ङण्टाकाे परीक्षा प्रणाली द्वारा विद्यार्थीलाई असफल र असक्षम घोषित गर्न भने हुँदैन । विकल्पलाईइ अवसर दिनुपर्छ भन्ने मात्र हो ।

लेखक राजेन्द्र प्रसाद फुयाँल काठमाडाैंकाे तारकेश्वर स्थित सृजना ज्ञानसागरका प्रिन्सिपल हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij