प्रमुख सूचना आयुक्त कृष्ण हरी बास्कोटाले सबैले सपना देख्न सकेमात्र मुलुक विकासपथमा अघी बढ्न सक्ने बताउँछन् । नेपाल विकासको निम्ति निकै राम्रो सम्भावना भएको मुलुक रहेको भन्दै उनले नेपालमा रहेको सगरमाथाको हिउँका टुक्रालाई विश्वका सबै क्षेत्रमा पुर्याउन सके नेपालको समृद्धि सम्भव रहेको बताए । नेपालमा धार्मिक पर्यटनको सम्भावना राम्रो ५ लाख मानिसहरुले एकैपटक प्राथना गर्ने व्यवस्था गर्न सक्ने प्राथनागृहको आवश्यकता औंल्याएका छन् । यसो हुनसके मात्र नेपालमा धार्मिक पर्यटन फस्टाउन सक्ने उनले देखेका छन् ।
प्रमुख सूचना आयुक्त
कृष्ण हरी बास्कोटा
नेपालको विकासको सम्भावना बारे उनले देखेका अन्य सपनाहरू के छन् त ?
नेपालमा रहेको जटामसी, पाँचऔंले नेपालको विकासको निम्ति नयाँ माध्यम हुन सक्छन् । नेपालमा स्थानीय स्तरमा उपलब्ध हुने तर कसैले ध्यान दिन नसकेका ऐसेलु, काफल, किम्बु लगायतका वस्तुबाट स्तरीय वाइन बनाइ युरोप निर्यात गरेर मनग्य आर्जन गर्न सकिन्छ । महलाई औषधीको रुपमा नै प्रयोग गर्न सकिन्छ । पश्मिना, गलैंचा नेपालको पहिचान बन्न सक्छन् विश्व बजारमा । भोटेकोशीमा र्याफ्टिङको माध्यमबाट मनग्य आय गर्न सकिन्छ । नेपालमा उपलब्ध बन्यजन्तु मध्ये गैंडालाई पर्यटक आकर्षणको माध्यम बन्न सक्छ । हामीसँग उपलब्ध युरोनियमले नेपालको कायापलट गर्न सम्भव छ ।
कुषिमा अहिले प्रति हेक्टर ३ मेट्रिक टन अन्नबाली उत्पादन हुँदै आएकोमा यसलाई सजिलै १० मेट्रिक टन पुर्याउन सकिन्छ । नेपालभर प्रांगारिक खेती मात्रै गर्ने हो भने पनि हाम्रो आवश्यकता पूरा गरेर विदेश निर्यात गर्न सकिन्छ । नेपाललाई प्राङ्गारिक मुलुकको रुपमा विश्वमा चिनाउन सकिन्छ । यसले पर्यटन आगमनमा पनि विशेष सहयोग पुग्छ । साथै नेपालमा प्रांगारिक मल उद्योगको पनि राम्रो सम्भावना छ । गाउँगाउँमा होम स्टे पुर्याउने हो भने पनि सन् २०३० मा नेपाल मध्यम आय भएको मुलुकको रुपमा सहजै पुग्न सक्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij