२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

डान्स गीत “लचक लचक कम्मर”काे साथमा अाए नारायण राइ

डान्स गीत “लचक लचक कम्मर”काे साथमा अाए नारायण राइ

गायक नारायण राइको नयाँ गीत “लचक लचक कम्मर” भिडियो सहित सार्बजनिक भएको छ । नेपाली सांगीतक अाकाशमा एउटा डान्स गीतका रूपमा राइकाे याे गीत पनि थपिएकाे छ ।

नाच्ने तिर्खा मेटाउन नेपाली संगीत क्षेत्रमा छुट्टै पहिचान बनाई सकेका गायक राइको याे नयाँ गीत ”लचक लचक कम्मर ”भिडियो सहित सार्बजनिक भएको हाे ।

स्रोता दर्शकको माग अनुसारको गीत सार्वजनिक गरेकोले गीतबाट निक्कै आशावादी रहेको गायक राई बताउँछन् । यो भन्दा अघि उनले नाकैमा झम्के फुली गीत पनि सार्बजनिक गरेका थिए ।

यस गीतमा शब्द, संगीत र स्वर तीनै बिधामा राइले नै अाफ्नाे क्षमता देखाएका छन् । यसकाे म्युजिक भिडियाेमा चन्द्र दाहाल, रवीन र जीनाले माेडलिङ गरेका छन् । म्युजिक भिडियाेकाे निर्देशन भने रवीन शंकरले गरेका छन् । सङ्गस् नेपालले युट्बबाट यस गीतकाे भिडियाे सार्वजनिक गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij