२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

रास्वपा केन्द्रीय सदस्यमा डा. गिरी प्रसाद पन्थीको उम्मेदवारी

रास्वपा केन्द्रीय सदस्यमा डा. गिरी प्रसाद पन्थीको उम्मेदवारी

 प्रतिनिधिहरू माझ बलियो समर्थन

  • बुधबार, असार १० २०८३

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ऐतिहासिक प्रथम महाधिवेशनको सरगर्मी बढेसँगै नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता र चुनावी अभियान तीव्र बनेको छ। यसै क्रममा पार्टीको केन्द्रीय समिति सदस्य (खुल्ला तर्फ) डा. गिरी प्रसाद पन्थीले आफ्नो मनोनयन दर्ता गराई चुनावी मैदानमा होमिएका छन्।

‘रास्वपाको सोच, अब हाम्रो नेतृत्व’ भन्ने संकल्पका साथ चुनावी मैदानमा उत्रिएका डा. पन्थीको उम्मेदवारीलाई महाधिवेशन प्रतिनिधिहरूले अर्थपूर्ण रूपमा हेरेका छन्। शिक्षा र अनुसन्धानको क्षेत्रमा लामो अनुभव सँगालेका बौद्धिक व्यक्तित्व डा. पन्थीले पार्टीलाई वैचारिक र नीतिगत रूपमा सबल बनाउन आफूले उम्मेदवारी दिएको बताएका छन्।

एजेन्डा र प्रतिबद्धता

महाधिवेशन प्रचार सामाग्री अनुसार डा. पन्थीले मुख्य गरी चारवटा खम्बालाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्:

  • शिक्षा र अनुसन्धानमा समर्पण: देशको शिक्षा क्षेत्र परिमार्जन र वैज्ञानिक अनुसन्धानमा विशेष जोड।

  • स्वतन्त्र विचार र पारदर्शी नेतृत्व: पार्टीभित्र र राज्य संयन्त्रमा पारदर्शिता एवं विधिको शासन।

  • नीति, सुशासन र जनहितका पक्षधर: जनमुखी नीति निर्माण र भ्रष्टाचारमुक्त सुशासनको वकालत।

  • सबैको साथ, देशको विकास: समावेशी सहभागिता मार्फत मुलुकको आर्थिक र सामाजिक समृद्धि।

प्रतिनिधिहरूलाई मतदानको अपिल

उम्मेदवारी दर्तापछि डा. पन्थीले देशैभरिबाट आएका प्रतिनिधिहरूलाई आफूलाई मतदान गरी विजयी गराउन अपिल गरेका छन्। उनले पार्टीका विभिन्न विभाग, सातै प्रदेश, ७७ वटै जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय पालिकाबाट महाधिवेशनमा प्रतिनिधित्व गरिरहेका सम्पूर्ण सचेत प्रतिनिधि ज्यूहरूलाई आफ्नो बौद्धिकता र भिजनलाई पार्टीको केन्द्रीय नीति निर्माण तहमा पुर्‍याउन अमूल्य मत दिन आग्रह गरे।

पार्टीभित्र निष्कलंक, अध्ययनशील र स्पष्ट भिजन भएका युवा तथा बौद्धिक वर्गको नेतृत्व आवश्यक रहेको भन्दै महाधिवेशन प्रतिनिधिहरू माझ डा. पन्थीको पक्षमा माहोल बलियो बन्दै गएको दाबी गरिएको छ। वैकल्पिक राजनीतिको नेतृत्व गरिरहेको रास्वपालाई थप उचाइमा पुर्‍याउन डा. गिरी प्रसाद पन्थी जस्ता योग्य र क्षमतावान् व्यक्तित्वको केन्द्रीय कमिटीमा आगमन हुनुपर्ने आवाज प्रतिनिधिहरूले उठाउन थालेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij