२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

उद्यमीको आवाज सशक्त बनाउने प्रतिबद्धता सहित बटु लामिछाने चुनावी मैदानमा

उद्यमीको आवाज सशक्त बनाउने प्रतिबद्धता सहित बटु लामिछाने चुनावी मैदानमा

  • मंगलबार, बैशाख २२ २०८३

काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को ६०औं वार्षिक साधारणसभा तथा निर्वाचन नजिकिँदै गर्दा व्यवसायी बटु लामिछानेले एसोसिएट समूहबाट कार्यकारिणी सदस्य पद मा उम्मेदवारी दिएका छन्। क्रम संख्या १७ मा रहेका लामिछानेले निजी क्षेत्रको सशक्त प्रतिनिधित्व गर्ने प्रतिबद्धतासहित आफ्नो चुनावी अभियान तीव्र बनाएका छन्। मतदान वैशाख २२ गते हुने तय भएको छ।

कार्पेट व्यवसायबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेका लामिछाने अहिले पर्यटन, जलविद्युत, हाइड्रोमेकानिकल उपकरण, आतिथ्य तथा स्वास्थ्य क्षेत्रसम्म सक्रिय छन्। तीन दशकभन्दा बढी समयदेखि ट्रेकिङ क्षेत्रमा संलग्न उनले नेपालको आर्थिक सम्भावना नजिकबाट बुझेको दाबी गर्छन्।

स्पष्ट एजेन्डा र प्राथमिकता

महासंघभित्र प्रवेशपछि उनले अघि सारेका प्रमुख एजेन्डाहरू यस्ता छन्:

  • निजी क्षेत्रमैत्री नीति सुधार: लगानीको वातावरण सहज बनाउने, कर प्रणालीलाई स्थिर र पूर्वानुमेय बनाउने तथा प्रशासनिक झन्झट घटाउने
  • ऊर्जा र पूर्वाधार विकास: जलविद्युत परियोजनामा निजी क्षेत्रको सहभागिता बढाउँदै ऊर्जा उत्पादन विस्तार
  • पर्यटन प्रवर्द्धन: नयाँ गन्तव्य विकास, पूर्वाधार सुधार र अन्तर्राष्ट्रिय बजार विस्तार
  • युवा उद्यमशीलता: स्टार्टअप, नवप्रवर्तन र सीप विकासमार्फत रोजगारी सिर्जना
  • कृषि, सूचना प्रविधि, स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी विस्तार

लामिछानेका अनुसार, “महासंघ उद्यमी व्यवसायीको वास्तविक आवाज बन्नुपर्छ। नीति निर्माण तहमा निजी क्षेत्रको प्रभावकारी उपस्थिति अपरिहार्य छ।”

अनुभवले बनेको नेतृत्व

लामिछानेको लगानी खुदी खोला र सभा खोला जलविद्युत आयोजना लगायत विभिन्न परियोजनामा फैलिएको छ। केही आयोजना निकट भविष्यमा सम्पन्न हुने चरणमा छन्। सिंगटी जलविद्युत आयोजना (२५ मेगावाट) सफल बनाउन पनि उनको भूमिका उल्लेखनीय मानिन्छ।

अन्नपूर्ण केवलकार र भैरहवा हस्पिटालिटी क्षेत्रमा समेत उनको सक्रियता देखिन्छ। अधिकांश परियोजना उनले साझेदारी (पार्टनरशिप) मोडलमा अगाडि बढाएका छन्, जसले दीगो र सहकार्यमा आधारित विकासको दृष्टिकोण झल्काउँछ।

‘कामबाट प्रमाणित’ नेतृत्व शैली

प्रष्ट वक्ता र अनुशासित जीवनशैलीका लागि परिचित लामिछाने आफ्नो नेतृत्व शैलीलाई कार्यकेन्द्रित बताउँछन्। “एजेन्डा घोषणा मात्र होइन, कार्यान्वयन नै मेरो प्राथमिकता हो,” उनले भने।

उनका अनुसार नेपालमा जलविद्युत, पर्यटन, कृषि, सूचना प्रविधि, स्वास्थ्य र शिक्षा क्षेत्रले आगामी दिनमा ठूलो आर्थिक अवसर र रोजगारी सिर्जना गर्नेछन्। महासंघमार्फत यिनै क्षेत्रमा नीतिगत पहल र निजी क्षेत्रको समन्वयलाई मजबुत बनाउने उनको लक्ष्य छ।

निर्वाचनमा बलियो दाबेदारी

एसोसिएट समूहको प्रतिनिधित्व गर्दै कार्यकारिणी सदस्य पदका उम्मेदवार लामिछानेले व्यवसायीहरूलाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन्। “उद्यमीहरूको आवाजलाई बलियो बनाउँदै व्यवहारिक परिवर्तन ल्याउने मेरो प्रतिबद्धता छ,” उनले बताए।

महासंघको निर्वाचनमा उनको उम्मेदवारीलाई अनुभव, स्पष्ट एजेन्डा र कार्यान्वयन क्षमताको संयोजनका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij