प्रवेश वाग्ले, युवा उद्यमी
म प्रवेश वाग्ले, लामाे समय देखि जब एजेन्सी सञ्चालन गर्दै आएकाे छु । म हाम्राे जबकाे प्रबन्ध निर्देशक हुँ । एक उद्यमीको रूपमा स्पष्ट रूपमा भन्छु—हामीले स्थानीय तह अन्तर्गतका वडास्तरका जनशक्तिलाई नै उपयोग गरेर प्रभावकारी तवरले जनगणना लगायतका डाटा निकाल्न सक्छौं । अहिले छुट्टै जनगणना गर्दा ठूलो बजेट, समय र जनशक्ति खर्च हुँदै आएकाे स्थिति छ । तर वडास्तरबाटै निरन्तर डाटा संकलन गर्ने व्यवस्था गरियो भने अलग्गै जनगणना आवश्यक पर्दैन । यसले राज्यको लागत घटाउँछ र तथ्यांकलाई यथार्थपरक बनाउँछ ।
लाइभ रियल डाटाको आवश्यकता
हामीलाई लाइभ रियल डाटा चाहिएको छ । अहिलेको जनगणनाको डाटा ढिलो आउने, अपूर्ण हुने वा त्रुटिपूर्ण हुने सम्भावना हुन्छ । यस्तो डाटामा आधारित योजना प्रभावकारी हुँदैन । त्यसैले निरन्तर अपडेट हुने, सधैं उपलब्ध हुने र वास्तविक अवस्थालाई प्रतिबिम्बित गर्ने डाटा प्रणाली आवश्यक छ ।
वडास्तरबाट नै वास्तविक तथ्यांक सम्भव छ
वडास्तरका वडा सदस्यहरू नागरिकसँग प्रत्यक्ष सम्पर्कमा हुन्छन् । उनीहरूले अन्नबाली उत्पादन, पशुपालन, जनसंख्या, व्यवसाय लगायतका तथ्यांक सहज रूपमा संकलन गर्न सक्छन् । बाह्य टोलीभन्दा स्थानीय जनप्रतिनिधिबाट संकलित डाटा बढी विश्वसनीय र व्यावहारिक हुन्छ ।
प्रविधिमा आधारित सिस्टम निर्माण
हामीले प्रविधि त्यस किसिमले विकास गर्नुपर्छ कि वडाबाटै डाटा इनपुट गर्न सकियोस् । जसबाट मोबाइल वा डिजिटल प्लेटफर्ममार्फत तथ्यांक प्रविष्ट गर्ने र सिधै केन्द्रमा पुग्ने सिस्टम बनाउन सकियाेस् । यसले लागत घटाउँछ, त्रुटि कम गर्छ र विश्वसनीयता बढाउँछ ।
सरकारसँग सहकार्य र पारदर्शिता
हामी निजी क्षेत्र प्रशासनिक र प्रणालीगत सुधारका लागि प्रतिबद्ध तवरले अघी बढेकाे खण्डमा सरकारलाई सहयोग गर्न तयार छौं । तर त्यसका लागि सरकार पारदर्शी हुनुपर्छ । सबै तथ्यांक र प्रक्रिया खुला र अद्यावधिक हुँदा मात्र विश्वासको वातावरण बन्छ । विश्वास भएमा निजी क्षेत्र र जनताको सहभागिता स्वतः बढ्छ ।
जनताको सहभागिताबाट आर्थिक स्रोत
यदि राज्यले देशको विकासका लागि जनतालाई योगदान गर्न आह्वान गर्छ भने राज्यका लागि यसरी पनि ठूलो रकम उठ्न सक्छ । नेपाली समाजमा सहयोग गर्ने संस्कार छ, तर त्यसलाई सही दिशा र पारदर्शी प्रणाली चाहिन्छ ।

राजनीतिक परिवर्तनप्रति आशा
पहिले भ्रष्टाचारमा मुछिएका व्यक्तिहरू नेतृत्वमा पुग्ने प्रवृत्ति बलियो थियो । अहिले अवस्था केही बदलिएको छ । यसले सुशासन र भ्रष्टाचार नियन्त्रणप्रति आशा जगाएको छ, जुन सकारात्मक संकेत हो ।
नीतिगत सुधारको आवश्यकता
केही नीतिहरू अझै अव्यावहारिक छन् । नयाँ नेतृत्वमा अनुभवको कमी हुन सक्छ, तर यदि सुधारको इच्छाशक्ति छ भने ती कमजोरीलाई पनि सुधार गर्दै लगेर उर्जा र अवसरमा बदल्न सकिन्छ ।
हामी अब पारदर्शी, दूरदर्शी र लागतमैत्री बन्नैपर्छ । हामीसँग भएका जनशक्ति अझ राम्राे तवरले उपयाेग गर्नैपर्छ । जस्ताे कि वडास्तर र स्थानीय तहका जनशक्ति प्रयोग गरेर तथ्यांक संकलन गर्दा हाम्राे जनगणनाको लागत घट्छ र डाटा यथार्थपरक हुन्छ साथै ‘लाइभ रियल डाटा’ बिना प्रभावकारी नीति निर्माण र कार्यान्वयन सम्भव हुँदैन ।
शिक्षा, स्वास्थ्य र सुरक्षामा सुधार
देशको दिगो विकासका लागि शिक्षा, स्वास्थ्य र सुरक्षा आधारभूत क्षेत्र हुन् । यी क्षेत्रमा सुधार नगरी समग्र विकास सम्भव छैन ।
कर प्रणालीमा देखिएको परिवर्तन
पहिले कर तिर्न पनि जटिल र अपारदर्शी अवस्था थियो । कतिपय अवस्थामा टेबलमुनिबाट कारोबार गर्नुपर्ने बाध्यता थियो । तर अहिले त्यो जालो विस्तारै भत्किँदै गएको देखिन्छ, जसले सकारात्मक सन्देश दिएको छ ।
मेराे मुख्य सन्देश
हामी अब पारदर्शी, दूरदर्शी र लागतमैत्री बन्नैपर्छ । हामीसँग भएका जनशक्ति अझ राम्राे तवरले उपयाेग गर्नैपर्छ । जस्ताे कि वडास्तर र स्थानीय तहका जनशक्ति प्रयोग गरेर तथ्यांक संकलन गर्दा हाम्राे जनगणनाको लागत घट्छ र डाटा यथार्थपरक हुन्छ साथै ‘लाइभ रियल डाटा’ बिना प्रभावकारी नीति निर्माण र कार्यान्वयन सम्भव हुँदैन । प्रविधिमा आधारित सिष्टमले पारदर्शिता र विश्वसनीयता दुवै बढाउँछ । सरकार पारदर्शी भए निजी क्षेत्र र जनताको सहयोग स्वतः बढ्छ । यसकारण व्यक्ति होइन, प्रणाली बलियो बनाउनु नै दीर्घकालीन समाधान हुनेछ ।
अन्तिम निष्कर्षः प्रणाली बलियो बनाऔं
अन्ततः देशको विकास व्यक्तिको निर्देशनमा होइन, हामीले अबलम्बन गरिएको सिष्टममा निर्भर हुन्छ । प्रविधिमा आधारित, पारदर्शी
प्रणाली निर्माण गर्न सकेमा नेपालले तीव्र विकासको मार्ग समात्न सक्छ । यसका लागि सहयोग गर्न हामी निजी क्षेत्र तयार छौं—अब राज्य पनि त्यही स्तरमा प्रतिबद्धतालाई सम्बोधन गर्ने गरी काममा उत्रनुपर्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij