२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

  • शुक्रबार, कार्तिक २८ २०८२

काठमाडाैं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलहरूलाई दल दर्ताका लागि आह्वान गरेको छ।

आयोगले राष्ट्रियसभाका लागि मंसिर १ देखि ७ गतेसम्म र प्रतिनिधिसभाका लागि मंसिर १ देखि १० गतेसम्म दल दर्ता खुला गरेको जनाएको छ।

आउँदो फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने एक तिहाइ सदस्यहरूका लागि माघ ११ गते निर्वाचन हुने मिति तोकिएको छ। त्यसैगरी, प्रतिनिधिसभा सदस्यहरूको निर्वाचन फागुन २१ गते सम्पन्न हुनेछ।

निर्वाचनमा सहभागी हुन चाहने दलहरूले केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, वार्षिक लेखा परीक्षण प्रतिवेदन तथा अन्य आवश्यक कागजातहरू संलग्न गरी आयोगमा निवेदन पेस गर्नुपर्नेछ।

यसैगरी, प्रतिनिधिसभा निर्वाचनका लागि दुई वा दुईभन्दा बढी दलहरूले एकै चुनाव चिह्न लिएर भाग लिन चाहेमा त्यससम्बन्धी जानकारी पनि सोही निवेदनसँगै बुझाउन आयोगले निर्देशन दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij