२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

देशभर खुल्यो जग्गाको कित्ताकाट 

देशभर खुल्यो जग्गाको कित्ताकाट 

  • शुक्रबार, कार्तिक २८ २०८२

काठमाडाैं । सरकारले भूउपयोग नियमावली संशोधन गर्दै करिब आठ महिनाका लागि देशभर जग्गाको कित्ताकाट खुला गरेको छ ।

संशोधित नियमावलीअनुसार अब २०८३ असार मसान्तसम्म कित्ताकाट गर्न पाइनेछ ।

यसअघि भूउपयोग वर्गीकरण नगरेका स्थानीय तहमा २०८२ असार मसान्तदेखि कित्ताकाट बन्द हुने व्यवस्था थियो । यो प्रावधानले करिब ५०० स्थानीय तहमा घरजग्गा कारोबार ठप्पप्रायः भएको थियो ।

संशोधनपछि भूउपयोग वर्गीकरण नगरेका स्थानीय तहले पनि २०८३ असार मसान्तसम्म कित्ताकाट गर्न सक्नेछन् । तर उक्त मितिसम्म वर्गीकरण नगरे फेरि कित्ताकाट बन्द हुनेछ ।

भू-उपयोग वर्गीकरण गरिसकेका स्थानीय तहमा यसअघिदेखि नै कित्ताकाट खुला छ र असारपछि पनि निरन्तर रहनेछ ।

देशभर ७५३ स्थानीय तह छन् । तीमध्ये दुई तिहाइभन्दा बढीमा कित्ताकाट रोकिँदा घरजग्गा कारोबारसँगै राजस्व सङ्कलनमा समेत उल्लेख्य कमी आएको थियो । यो निर्णयले बजारमा केही राहत पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij