अहिले पाेखरा उपमहानगरपालिका क्षेत्रमा मात्रै करिब १८ हजार हाेटल व्यवसायहरू सञ्चालनमा रहेकाे अनुमान गर्छन् नगर हाेटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष केपी शर्मा । अध्यक्ष शर्माका अनुसार यद्यपि सबै हाेटलहरू दर्ताकाे दायरामा भने अाउन सकेका छैनन् । पर्यटकीय नगरकाे रूपमा समेत लिइने पाेखरामा अहिले करिब एक दर्जनकाे सङ्ख्यामा तारे हाेटलहरू नै सञ्चालनमा छन् । अन्य विभिन्न श्रेणीका हाेटलहरू यस क्षेत्रमा सञ्चालनमा छन् । चिया पसल देखि रेष्टुरेन्ट, वार हुँदै ठूला हाेटलहरू सम्म सञ्चालनमा रहेकाे क्षेत्र भएपनि यहाँका हाेटलहरू पूर्वाधार, कर नीति, जनशक्ति, राज्यबाट गरिने वर्गीकरण लगायतका विभिन्न समस्याहरूबाट प्रभावित हुँदै अााएका छन् ।
केपी शर्मा
अध्यक्ष
नगर हाेटल तथा रेष्टुरेण्ट व्यवसायी संघ
१६ बर्ष देखि हाेटल व्यवसायमा अावद्द रहेका शर्मा हाल न्यूराेड स्थित दीपसागर हाेटल सञ्चालन गर्दै अाएका छन् । करिब २ कराेडकाे लगानीमा सञ्चालनमा अाएकाे यस हाेटलले सुलभ मूल्यमा स्तरीय सेवा दिँदै अाएकाे छ । हाेटलका सञ्चालक शर्मा विभिन्न जाेखिम व्यहाेरेर हाेटल व्यवसाय गर्नुपरेकाे बताउँछन्। व्यवसायी शर्माले यस क्षेत्रका हाेटलहरूले व्यहाेर्नुपरेका समस्यालार्इ यसरी अाैँल्याए ।
वैधानिक रूपमा सञ्चालनमा रहेका हाेटलहरू चर्काे मारमा परेका छन् । १३ प्रतिशत भ्याट, १० प्रतिशत सेवा शुल्क लगायतका उत्तरदायित्व वैधानिक तवरले सञ्चालनमा रहेका हाेटलहरूले मात्रै व्यहाेर्नुपर्ने अवस्था छ । तर यहाँ थुप्रै हाेटलहरू अवैधानिक रूपमा सञ्चालनमा छन् । ती हाेटलहरूकाे चेकजाँच तथा अनुगमन गर्ने र वैधानिक दायरामा ल्याउनकाे निम्ति राज्यकाे ध्यान जान नसक्दा हामी ठूलाे लगानीमा सञ्चालनमा रहेका हाेटलहरू मारमा परेका छाैं ।
यस क्षेत्रमा हाेटलमा स्तरीय कामदार राख्ने चाहना हुँदाहुँदै पनि दक्ष र स्तरीय कर्मचारी तथा कामदारकाे अभावमा नयाँ मानिसलाइ काममा लगाउनु हाेटलकाे बाध्यता बनेकाे छ । लामाे समय कामदार टिकाउन नसकिने बाध्यता नेपालका अन्य उद्याेगहरूमा छ, त्याे हाेटल व्यवसायले पनि सामना गर्नुपरेकाे छ । स्तरीय सेवासुविधा हुँदाहुँदै पनि नेपालमा लामाे समय हाेटलमा कामदारलार्इ टिकाउन नसक्नुले यहाँका हाेटलहरूलार्इ राम्राे तवरले चल्न गाह्राे परेकाे छ ।
सबै हाेटलहरूमा एकै किसिमकाे लगानी नभएकाे, हाेटलकाे वर्गीकरण नभएकाे, हाेटलहरू विभिन्न प्रकृतिका रहेका र ती हाेटलले प्रदान गर्ने सेवा पनि एकै किसिमकाे नभएकाे अहिलेकाे अवस्थामा मूल्यमा एकरूपता कायम गर्न सकिएकाे छैन । यद्यपि हाेटलकाे वर्गिकरण राज्यकाे अाधिकारिक निकायबाट हुने हाे भने सेवा शुल्कलार्इ तहगत रूपमा समानता ल्याउन सकिन्छ ।
हाेटल व्यवसायलार्इ कसरी दीर्घकालिन रूपमा सञ्चालन गर्ने भन्ने सम्बन्धमा नेपालमा राज्यकाे स्पष्ट नीति छैन । यसकाे मारमा निजी व्यवसायीहरू परेका छन् । राज्यले व्यवसायलार्इ जुन किसिमले प्राेत्साहित गर्नुपर्ने हाे, त्याे गर्न सकेकाे छैन ।
बैंककाे कर्जामा रहेर व्यवसाय गर्नुपर्ने यस व्यवसायमा अाफू सञ्चालनमा रहेकाे हाेटललार्इ कति समय सम्म त्यही क्षेत्रमा रहेर हाेटल सञ्चालन गर्न सकिन्छ भन्नेमा सधैं द्विविधामा रहनुपरेकाे छ । घरभाडा लिने सम्बन्धमा कुनै मापदण्ड बन्न नसकेकाे अहिलेकाे अवस्थामा सम्बन्धित घरमा उपलब्ध पूर्वाधार सबै कुरालार्इ विचार गर्नु जरूरी रहन्छ ।
अहिले पनि बजारमा अवैधानिक मदिरा विक्री भइरहेकाे छ । यस्ताे अवस्थामा राज्यले मदिरा व्यवसायलार्इ व्यवस्थित गर्नु पर्ने अावश्यकता छ । यद्यपि राज्यले मदिरा विक्री वितरणकाे । निम्ति ल्याएकाे नयाँ व्यवस्थाले भने सुन्दर पर्यटकीय क्षेत्रहरूजनबमे मा समेत असर पार्ने देखिएकेा छ ।
नेपालमा अाउने पर्यटकहरूले बसार्इ लम्ब्याउनकाे निम्ति अावश्यक मध्ये एक साधन मदिरा पनि हेा । यसकारण राज्यले पनि मदिरा कुन वर्गलार्इ प्रतिबन्ध लगाउने भन्ने सम्बन्धमा स्पष्ट व्यवस्था गर्नु जरूरी हुन्छ । नेपालमा अाउने विदेशी पर्यटकहरूकाे सङ्ख्या र बसार्इ घट्न नदिनकाे निम्ति निश्चित क्षेत्र नै ताेकेर साेही क्षेत्रमा निर्वाध रूपमा मदिरा काराेबार हुन सक्ने व्यवस्था गर्नु उपयुक्त हुन सक्छ ।
अहिले बजारमा सामान्य खाजा पसलमा समेत बिना इजाजत मदिराकाे काराेबार भइरहेकाे छ । यसरी हुने काराेबारलार्इ राेक्नुपर्छ । तर नेपालमा निकै ठूलाे लगानीमा चलेका हाेटलहरू जुन मदिराकाे काराेबारकै कारण चलेका छन्, तिनीहरूकाे लगानी सुरक्षामा पनि राज्यकाे ध्यान जानुपर्छ कि ? यदि त्यसाे हाेइन भने राज्यले विकल्प पनि दिन सक्नुपर्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij