काठमाडौ । अष्ट्रियाको सिड्नीमा नयाँ वर्ष सन् २०२५ को भव्य स्वागत गरिएको छ। हार्बर किनारामा भएको विश्वकै आकर्षक आतिशबाजी झण्डै दश लाख मानिसले प्रत्यक्ष हेरे।
१२ मिनेट लामो आतिशबाजीले कोकटु द्वीपदेखि पोइन्ट पाइपरसम्म करिब सात किलोमिटर क्षेत्रमा फैलिएको सिड्नी हार्बरलाई उज्यालो बनाएको थियो। यस उत्सवका लागि नौ टनभन्दा बढी पटाका प्रयोग गरिएको थियो।

यस पटक दश नयाँ डिजाइनहरूमा चराचुरुंगी, माछा, जेलिफिस, इमूका पाइला, र माछा मार्ने काँटीको अनौठो आकृतिहरू समावेश थिए। यो आतिशबाजी २०२४ लाई बिदाइ गर्न सुरु गरिएका विश्वव्यापी उत्सवहरूमध्येका पहिलो ठूला कार्यक्रमहरूमा पर्छ। यसअघि नै न्युजिल्यान्ड उत्सव सुरु भइसकेको छ।
तस्बिरमा सिड्नी हार्बर ब्रिज र सिड्नी ओपेरा हाउसमाथि आतिशबाजी चम्किरहेको दृश्य।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij