काठमाडाैं । उद्यमी, कलाकार, कालिगढहरुबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरुको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा सहयोग पुर्याउने, नयाँ नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरुलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरुको चाहना अनुरुप वस्तु डिजाईन र रंग संयोजनका बारेमा उद्यमी व्यवसायीहरुमा जानकारी आदान प्रदान गर्ने स्वदेशी तथा विदेशी क्रेता तथा विक्रेता बीच एक आपसमा सीप, प्रविधि, डिजाईन र ज्ञानको आदान प्रदान गर्ने आदि प्रमुख उद्देश्यबाट नेपाल हस्तकला महासंघले आफ्नो वार्षिक कार्यक्रमको रुपमा विगतका वर्षहरुमा जस्तै यसवर्ष पनिे नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको संयुक्त तत्वावधानमा यही २०८१ मंसिर २० देखि २४ गते तदनुसार सन् २०२४ डिसेम्बर ५ देखि ९ तारिख सम्म होटेल हायात ग्राउन्ड, बौद्ध, काठमाडौंमा २१ औं हस्तकला व्यापार मेला तथा १९औं हस्तकला प्रतियोगिता आयोजना गरिने भएको छ ।
मेलाको उद्घाटन सम्माननीय राष्ट्रपतिज्यूबाट सु–सम्पन्न गराउने कार्यक्रम रहेको छ । मेला अवलोकनका लागि नेपाल सरकारका माननीय मन्त्रीज्यूहरु, उच्च पदस्थ अधिकृतज्यूहरु, नेपालस्थित विभिन्न मुलुकका कुटनैतिक नियोगका महामहिमज्यूहरु लगायत राष्ट्रिय जीवनका विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्नु हुने विशिष्ट व्यक्तित्वहरुलाई आमन्त्रण गरिने छ । मेला संचालनमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको साथै उद्योग वाणिज्य क्षेत्रको छाता संगठनहरु, बैंक तथा वित्तिय संस्था, वायुसेवा कम्पनीहरु, वीमा कम्पनीहरु, ठूला औद्योगिक व्यापारिक तथा प्रतिष्ठानहरु र अन्य व्यापारिक क्षेत्रका संघ संस्था र कम्पनीहरुको पनि सहयोग रहनेछ ।
ब्यापार मेला सम्बन्धी विवरण
मेलामा हस्तकलाका वस्तुहरुको करिब १५० वटा स्टलहरु रहने छन् । मेलामा विदेशी प्रदर्शनीकर्ताको रुपमा मित्र राष्ट्र भारत, चीन, पाकिस्तान, बंगलादेशदेशका व्यापारीहरुको सहभागिता रहने छ भने व्यापार मेलामा महासंघका सदस्यहरु तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशहरु, जिल्ला हस्तकला संघहरु र बस्तुगत संघहरु समेतको सहभागिता रहने छ । ब्यापार मेलामा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु लगायत अन्य हस्तकलाका सामग्रीहरु प्रर्दशनी तथा विक्रीमा राखिने छन् । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल एकिकृत व्यापार रणनीति ९ल्त्क्ष्क्० कार्यक्रम भित्र समावेश हस्तकलाका वस्तुहरुलाई मेलामा विशेष रुपमा प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ । त्यसैगरि मेलामा समाजमा पछाडि परेका वर्ग र फरक क्षमता भएका ब्यक्तिलाई निशुल्क स्टल प्रदान गरिनेछ ।

मेलाको प्रमुख आर्कषणको रुपमा रहेको १९औं संस्करणको हस्तकला प्रतियोगिता(जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी) अन्तर्गत (क) परम्परागत विधा तर्फ लोपोन्मुख अवस्थामा रहेको “बुट्टेनली” र ख) समसामयिक विधा तर्फ “गलैंचा बुनाई” मा प्रत्यक्ष रुपमा जीवन्त प्रदर्शनी गरिनेछ ।
सो प्रतियोगितामा प्रति विधा न्यूनतम १५ जनाको सहभागिता रहने छ । साथै प्रतियोगितामा प्रत्येक विधामा उत्कृष्ट घोषित ३ जना कलाकारहरुलाई नगद पुरस्कार प्रथमः रु.५०,०००।०० (रु.पचास हजार), द्वितीयः रु.३०,०००।० (रु.तीस हजार) र तृतीयः २०,०००।०० (रु.बीस हजार) तथा प्रतियोगितामा सहभागी सम्पूर्ण कलाकारहरुलाई प्रमाण पत्र लगायत पदक प्रदान गरिने छ । साथै मेलाको अवसरमा आर्थिक वर्ष २०८०÷८१ को लागि नेपाली हस्तकला उद्योग व्यवसायको विकास, विस्तार तथा प्रबद्र्धनमा निरन्तर क्रियाशील भई विशेष योगदान पु¥याउनु हुने उत्कृष्ट उद्यमी, उत्कृष्ट निकासीकर्ता, कार्गो कम्पनी र उत्कृष्ट कलाकारलाई सम्मान गरिने छ ।
यसै सन्दर्भमा मेलाको तेस्रो दिन ७० वर्ष नाघेका वरिष्ठ जेष्ठ कलाकारलाई नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा सगुन दिई चाँदीको फ्रेम सहित ताम्रपत्रबाट सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।
मेलाकै सन्दर्भमा हस्तकलाका विविध बिधामा संलग्न कलाकारहरुको प्रतिभा पहिचान गराउने र कलाकारहरुको व्यापार ब्यवसायलाई प्रवद्र्धन गराउने उद्देश्यले ूकला प्रदर्शनी २०८१ू आयोजना गरिने भएको छ । उक्त प्रदर्शनीले हस्त निर्मित विविध कलाकृतिहरु प्रदर्शन गरी स्वदेशी तथा विदेशी कलाकार, व्यापारीहरु एवं आगन्तुक महानुभावहरु बीचमा परिचित गराउने उद्देश्य लिएको छ । सो प्रदर्शनीमा राख्ने कलाकृतिहरुको प्रचार प्रसार गर्न कलाकारहरुको विवरण सहितको पुस्तिका पनि प्रकाशन गरिने छ । यस पटक व्यापार मेला कै सन्दर्भमा चिनिया तथा अन्य देशबाट पाहुनाहरु निमन्त्रणा गरि China Nepal handicraft, culture and Tourism summit आयोजना गरिने र सो समिटबाट नेपालमा ग्रिन प्राेजेक्ट विकास गरि कार्यान्वयन गरिनेछ ।
व्यापार मेलाको उद्देश्यहरु
– नेपाली हस्तकला वस्तुहरुको स्वदेशी तथा अन्तरराष्ट्रिय बजार प्रबद्र्धन, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात ब्यापार प्रबद्र्धन गर्ने ।
– नेपाली उद्यमी, व्यबसायी र बिदेशी हस्तकला आयातकर्ता बीचमा व्यबसायिक सम्बन्ध बिकास गर्ने र हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थलमा भेला गराई हस्तकला वस्तुको – बजारिकरणमा सहयोग पुर्याउने ।
– नवोदित उद्यमी ब्यबसायीलाई बजार पहुँचको अवसर प्रदान गर्ने ।
– हस्तकला र नेपाली संस्कृति बीचको अन्तर सम्वन्धलाई जनमानसमा उजागर गर्ने ।
– विदेशी क्रेताहरुलाई हस्तकला वस्तुहरु एकै स्थानबाट खरिद गर्ने अवसर प्रदान गर्ने ।
– आयात र निर्यात बीचको दुरी घटाई व्यापार घाटा न्यूनिकरण गर्न सहयोग पुर्याउने ।
– नेपालमा एउटै मितिमा (अबभिलमबच भखभलत)को रुपमा अन्तर्राष्ट्रियस्तरको हस्तकला व्यापार मेला आयोजना हुन्छ भन्ने सन्देश स्वदेही, विदेशी क्रेता तथा स्वदेशी खरिदकर्ताहरुमा प्रवाह गर्ने ।
ब्यापार मेलाका आकर्षणहरु
एकै छानामुनि हस्तकला वस्तुहरुको बृहत प्रदर्शनी तथा बिक्री
१९औं हस्तकला प्रतियोगिता
परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शनी
अर्मूत साँस्कृतिक सम्पदा (क्ष्ऋज्) को उजागर
क्रेता विक्रेता भेला
समसामयिक विषयमा गोष्ठी तथा सेमिनार
जेष्ठ तथा वरिष्ठ कलाकारहरुलाई सम्मान
कला प्रदर्शनी
अग्रणी निर्यातकर्ताहरु र कार्गो कम्पनीहरुलाई सम्मान