२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

बेल्जियमका लागि प्रस्तावित राजदूत लम्सालको नाम अनुमोदन

बेल्जियमका लागि प्रस्तावित राजदूत लम्सालको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन गरेको छ ।

समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा आज (१४ कात्तिक) बसेको बैठकले लम्सालको नाम सर्वसम्मतिले अनुमोदन गरेको समिति सदस्य महेशप्रसाद बर्तौलाले जानकारी दिए ।

यसअघि बैठकमा प्रस्तावित राजदूत लम्सालले आफ्नो अनुभव, योग्यता, अभिरुची र भावी रणनीतिसहितको कार्ययोजना प्रस्तुत गरेकी थिइन् । परराष्ट्र मन्त्रालयको सचिवका रुपमा कार्यरत लम्सालले यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हालीसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij