२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

नेपाल फाइनलमा पराजित, बाङ्लादेशले जित्यो उपाधि

नेपाल फाइनलमा पराजित, बाङ्लादेशले जित्यो उपाधि

काठमाडौँ । साफ महिला च्याम्पियनशिप-२०२४ को फाइनल खेलमा नेपाल बाङ्लादेशसँग पराजित भएको छ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार राति भएको खेलमा बाङ्लादेशले नेपाललाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ। बाङ्लादेशले दोस्रो पटक साफको उपाधि जितेको हो।

साफ च्याम्पियनशिपको फाइनलमा नेपाल छैटौं पटक पराजित भएको छ। यसअघि सन् २०२२ मा पनि बाङ्लादेशसँग पराजित भएको थियो।

बाङ्लादेश तीन पटक फाइलनमा पुगेकोमा दुई पटक उपाधि जितेको छ। यसअघि फाइनलमा एक पटक भारतलाई हराएको थियो भने एक पटक भारतसँग हारेको थियो।

बुधबारको खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। दोस्रो हाफको ५२औं मिनेटमा बाङ्लादेशकी मोनिका चक्माले पहिलो गोल गरिन्। त्यसको लगत्तै खेलको ५६औं मिनेटमा अमिषा कार्कीले नेपालका लागि गोल गर्दै खेललाई बराबरी बनाएकी थिइन्।

त्यसपछि दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे। खेलको अन्तिमतिर बाङ्लादेशले अग्रता लियो। ८१औं मिनेटमा ऋतु पोर्ना चक्माले गोल गर्दै बाङ्लादेशलाई अग्रता दिलाइन्। त्यसपछि दुवै टोली गोल गर्न सकेनन् भने उनको गोल नै निर्णायक बन्यो।

प्रतियोगितामा भारालाई पराजित गर्दै नेपाल र भूटानलाई पराजित गर्दै बाङ्लादेश फाइनलमा पुगेका थिए। नेपालले भारतलाई पेनाल्टी सुटआउटमा र बाङ्लादेशले भूटानलाई ७-१ गोल अन्तरले पराजित गरेको थियो।

प्रतियोगितामा नेपाल, बाङ्लादेश, भारत, पाकिस्तान, भूटान, श्रीलंका र मालदिभ्सले प्रतिस्पर्धा गरेका थिए

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij