२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

च्याउ खेतीको सम्भावना, चुनौति र अवसर विषयक अन्तक्रिया हुने

च्याउ खेतीको सम्भावना, चुनौति र अवसर विषयक अन्तक्रिया हुने

एग्राे टाइम्स मिडिया नेटवर्ककाे अायाेजनामा च्याउ सम्बन्धी काम गर्दै अाएका किसानहरूलाइ विभिन्न विषयवस्तुहरू सम्बन्धी जानकारी गराउने उद्देश्यले च्याउ खेतीको सम्भावना, चुनौति र अवसर विषयक अन्तक्र्रिया १ दिने अन्तरक्रियामूलक कार्यक्रम अायाेजना गरिँदैछ ।

असिम सापकाेटा

कार्यक्रममा प्रमुख अतिथि माननीय कृषि विकास मन्त्री गौरीशंकर चौधरी रहनुहुनेछ ।  विशिष्ट अतिथिहरुमा कृषि मन्त्रालयका प्रवक्ता तथा सहसचिव  योगेन्द्र कुमार कार्की,  किट विकास निर्देशनालयका कार्यक्रम निर्देशक हरीहर अधिकारी, कृषि विज्ञ हरीशचन्द्र बास्तोला, नेपाल खाध बैँक लिमिटेडकाकार्यकारी अध्यक्ष रामराजा श्रेष्ठ  , च्याउ वैज्ञानिक डा. बुद्धीरत्न खड्गी  लगायत कृषि बैज्ञानिक तथा लामो समय च्याउमा काम गरीसकेका कृषकहरुकाे सहभागिता रहने अायाेजक एग्राे टाइम्स मिडियाका निर्देशक असीम सापकाेटाले सेताेघर डट कमलार्इ बताएका छन् ।

कार्यक्रम अायाेजनाकाे सन्दर्भ ः

नेपालका अधिकांस जनता कृषिमा निर्भर छन् । आवश्यक सूचनाको अभाव तथा आवश्यक प्रविधिको अभावमा निर्वाहमुखी कृषि प्रणालीमा संलग्न जनताको सोचमा परिवर्तन ल्याई व्यवसायिक कृषितर्फ उन्मुख गराउन अझै पनि सकिएको छैन । कृषिलाई व्यवसायिक बनाउन सकिन्छ भन्ने ज्ञान कृषक सम्म नपुगेको यथार्थ हामी सामु छ । कृषिजन्य उत्पादनमा समेत मुलुकमा व्यापार घाटा बढिरहेको छ ।

यसै सन्दर्भमा कृषि र कृषकमा समर्पित भई सञ्चारको माध्यमबाट कृषकलाई चेतना दिइरहेको एग्रो टाइम्स मिडिया नेटवर्कले च्याउ खेतीको सम्भावना, चुनौति, मुल्य तथा बजार, प्रशोधन र व्यवसायिक अवसर विषयक अन्तक्रिया कार्यक्रम आयोजना गर्न लागेको हाे । कार्यक्रममा व्यावसायिक कृषक, व्यवसायी तथा विज्ञहरु र सरकारी अधिकारीहरुको समेत उपस्थिति हुने भएकाले सो कार्यक्रमबाट किसानहरूले मनग्य लाभ लिन सक्नेछन् ।   अनामनगर स्थित मिडिया इन्टरनेशनलमा २०७३ फागुन १० गते  दिउसो १ बजे हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij