२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

विश्व एड्स दिवसमा चेतनामूलक र्‍याली

विश्व एड्स दिवसमा चेतनामूलक र्‍याली

काठमाडौं । डिसेम्बर १ मा विश्वभर भनाइने एड्स दिवस नेपालमा पनि विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ।

एड्सको प्रभावकारी रोकथाम, हेरचाह, तथा उपचार सेवा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले सन् १९८८ देखि विश्व एड्स दिवस मनाउन थालिएको हो। यसपटकको नारा ‘हामी सबैको काम, एचआइभीको रोकथाम’ रहेको छ।

सन् २०१५ डिसेम्बरसम्मको तथ्यांकअनुसार नेपालमा करिब ३९ हजार ३९७ जनामा एचआइभी संक्रमण भएको अनुमान छ। जसमा पुरुषको संख्या २४ हजार ४४९ र महिलाको संख्या १४ हजार ९४८ रहेको छ।

आज बिहानैदेखि देशका विभिन्न ठाउँमा जनचेतनामूलक र्‍यालीहरु भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij