२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

स्ववियु निर्वाचनको नयाँ तालिका सार्वजनिक

स्ववियु निर्वाचनको नयाँ तालिका सार्वजनिक

१४ गते हुने भनिएकाे स्ववियु चुनाव ४ दिने सारेर १८ गते गरिने भएकाे छ । विद्यार्थी सङ्गठनहरू १८ गतेकाे निम्ति चुनावमा सहमत भएसँगै त्रिभुवन विश्वविद्ायलय पनि यसमा सहमत भएकाे हाे ।  यससँगै त्रिभुवन विश्वबिद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

त्रिवि कार्यकारी परिषदको आजको बैठकले एक साता लामो स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । यसअघि फागुन १४ गते निर्धारण गरिएको निर्वाचन पाँच दिन सरेपछि नयाँ कार्यतालिका बनाउनुपरेको हो ।

नयाँ कार्यतालिका अनुसार फागुन ११ गते बिहान १० बजेभित्र मतदाता सूची प्रकाशित गर्ने । त्यसै दिन २ बजेसम्म मतदाता सूचीउपर दावी बिरोध गर्ने र फागुन १२ गते १२ बजेसम्म मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका छ ।

फागुन १२ गते नै १२ देखि ५ बजेसम्म प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको मनोनयत वितरण गरिनेछ । फागुन १४ गते उम्मेदवारी दर्ता हुनेछ भने १५ गते मध्यान्ह १२ बजे सम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । १५ गते नै दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ भने ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij