काठमाडौं । बालाजुबाट माच्छापोखरी जाँदै गरेको स्कुटरलाई ट्रकले ठक्कर दिँदा दुई जना महिलाको मृत्यु भएको छ । आज (शुक्रबार) मध्यान्ह बा ७७ प ३२०८ नम्बरको स्कुटरलाई ना ५ च ८४६५ ट्रकले पछाडिबाट ठक्कर दिँदा स्कुटी चालक र त्यसमा सवार महिलाको मृत्यु भएको हो ।
स्कुटीमा सवार मकवानपुर मनहरि(५ घर भएकी ३८ वर्षीया रिनाकुमारी राई र धादिङ खाल्टे(६ घर भएकी ३५ वर्षीया सोनिया थापामगरको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते राई र थापामगरलाई उपचारका लागि टिचिङ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।
ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार भएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij