डडेलधुरा । डडेल्धुराको अमरगढी नगरपालिस्थित ठूलोखोलामा बुधबार जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । घटनास्थलमा पाँच र उपचारकाक्रममा दुईजनाको मृत्यु भएको हो ।
मृतक सबै भागेश्वर गाविसका छन् । मृत्यु हुनेहरुमा भागेश्वर–८ का गणेश सार्की, भागेश्वर–४ का लक्ष्मण भट्ट, भागेश्वर–४ कै जयानन्द भट्ट, भागेश्वर–५ का मदेब चटौत र भागेश्वर–५ कै नरपती पाण्डे रहेका छन् ।
यस्तै, भागेश्वर–५ का दिवाकर पाण्डे र भागेश्वर–७ का पदमबहादुर मल्लको उपचारकाक्रममा उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा मृत्यु भएको हो ।
डडेल्धुराको भागेश्वर गाविसबाट डडेल्धुराबजार आउँदै गरेको से१ज ८३३ नम्बरको महेन्द्रा जीप सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते पाँचजनाको क्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । १२ जना चढेको जीप निमार्णाधीन साँघुरो बाटोमा दुर्घटनामा परेको भागेश्वर गाविसका प्रहरी नायब उपरिक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij