२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

एउटा सेल्फीले चर्चित बनेकी युवतीलाई ‘बिहे प्रस्ताव’को ओइरो

एउटा सेल्फीले चर्चित बनेकी युवतीलाई ‘बिहे प्रस्ताव’को ओइरो

नयाँ दिल्ली । स्मार्ट फोन बोक्नेहरु प्रायः सबैले सेल्फी लिएकी हुन्छन् । सामाजिक संजालमा त्यस्ता सेल्फीले उल्लेख्य स्थान पाएका हुन्छन् ।

तर एउटा सेल्फीले देशविदेशमै आफूलाई चर्चित बनाउला भनेर सायदै कसैले सोचेका हुन्छन् । भारतकी एउटी युवती एउटा सेल्फीका कारण रातारात चर्चित भएकी छन् । तर त्यो सेल्फी उनी स्वयंले लिएकी भने होइनन्, उनीसहितको सेल्फी तस्वीर बलिउड अभिनेता शाहरुख खानले लिएका हुन् ।

पुणेकी २१ वर्षीया छात्रा साइमा हुसेनसहित शाहरुखले लिएको ग्रुप सेल्फी इन्टरनेटमा भाइरल बनेको छ । शाहरुखले सामाजिक संजालमा पोस्ट गरेको सो तस्वीरलगत्तै साइमालाई बिहेको प्रस्ताव ओइरो लागेको छ ।

साइमालाई उनकै फेसबुकमा पनि फ्रेन्ड रिक्वेस्ट पठाउने उत्तिकै छन् । कश्मीरको राजधानी श्रीनगर निवासी उनले सामाजिक संजालमा आफूलाई बिहे, प्रेमको प्रस्ताव गर्नेहरुलाई हालै जवाफ पनि दिएकी छन् ।

उनले आफूले नै बनाएको युवतीको स्केच पोस्ट गर्दै लेखेकी छन्, ‘म केवल सुन्दर युवती हुनुभन्दा अलि बढी नै छु ।’ उनको यो पोस्टमा पनि हजारभन्दा बढीले लाइक गरेका छन् भने एक सयभन्दा बढी कमेन्ट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij