२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

‘जेम्स बन्ड स्टाइल’मा उत्तर कोरियाली नेताको दाइको हत्या

‘जेम्स बन्ड स्टाइल’मा उत्तर कोरियाली नेताको दाइको हत्या

एजेन्सी । उत्तर कोरियाली नेता किम जोंग उनका सैतेनी दाइको मलेसियामा हवाई अड्डामा ‘जेम्स बन्ड स्टाइल’ मा हत्या भएको छ । दक्षिण कोरियाको एक केवल टिभी च्यानलका अनुसार किम जोंग न्यामको क्वालालम्पुर हवाई अड्डामा दुई महिला जासुसले विष भरिएको सुईको निशाना बनाए । यी महिलालाई उत्तर कोरियाली एजेन्ट बताइएको छ ।
समाचार एजेन्सीहरु, दक्षिण कोरियाली सूत्रको हवाला दिँदै यो हत्याको समाचार सार्वजनिक भइरहेका छन् । मलेसियाली पुलिसले हवाई अड्डामा एक उत्तर कोरियाली व्यक्तिको अस्पताल लाने क्रममा मृत्यु भएको पुष्टि गरेको छ तर पुलिसले ती व्यक्तिको पहिचान गरेको छैन ।

‘विषालु सुई’ को हमलाः
दक्षिण कोरियाको सरकारी समाचार एजेन्सी योनह्यापका अनुसार ४५ वर्षीय किममाथि दुई अज्ञात महिला एजेन्टले विषालु सुईमार्फत हमला गरे । एजेन्सीका अनुसार संदिग्ध हमलाकर्ता घटनास्थलबाट भागेका छन् ।
किम जोंग न्यामको मारिएको पुष्टि भए यो सन् २०१३ मा किम जोंग उनको एक समयमा निकै प्रभावशाली रहेका काका जांग सोंग थेकलाई मृत्युको सजायँ दिएपछि कुनै ठूला उत्तर कोरियाली व्यक्ति मारिएको यो पहिलो घटना हुनेछ ।

कुनैबेला उत्तराधिकारी रहेका थिएः
किम जोंग न्याम उत्तर कोरियाका पूर्व नेता किम जोंग इलका सबैभन्दा जेठा छोरा हुन् । उनी विदेशमा बसिरहेका थिए र मुख्य रुपमा मकाउमा बस्ने गर्दथे । योनह्यापका अनुसार उनकी आमा दक्षिण कोरियाकी एक अभिनेत्री थिइन् जसको मस्कोमा मृत्यु भयो । किम जोंग इलले उनकी आमासँग विवाह गरेका थिएनन् ।
उनका पिता किम जोंग इलले सन् १९९४ देखि २०११ मा आफ्नो मृत्युसम्म उत्तर कोरियामा शासन गरे ।

पहिले पनि मार्ने कोसिस भएको थियोः
किम जोंग न्यामको हत्या गर्न पहिले पनि कोसिस गरिएको बताइएको छ । सन् २०१२ मा दक्षिण कोरियामा पक्राउ परेका उत्तर कोरियाका एक जासूसले किम जोंग न्यामलाई सडक दुर्घटनामार्फत मार्न खोजेको षड्यन्त्र रचेको स्विकार गरेका थिए ।
सन् २००१ मा किम जोंग न्यामलाई एक फर्जी पासपोर्टले जापान जान कोसिस गरिरहेका बेला पक्राउ गरिएको थियो । उनलाई आफ्नो पिताको सम्भावित उत्तराधिकारी मानिन्थ्यो तर यो घटनापछि उनलाई त्यति नरुचाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij