२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

सेल्सबेरीको चाडपर्व लक्षित ‘जति किन्यो त्यति नै पायो’ अफर सार्वजनिक

सेल्सबेरीको चाडपर्व लक्षित ‘जति किन्यो त्यति नै पायो’ अफर सार्वजनिक


काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले दशैं–तिहार चाडपर्वलाई लक्षित गरी ‘जति किन्यो त्यति नै पायो’ दशैं धमाका अफर सार्वजनिक गरेको छ । फोन पेको सहकार्यमा यो अफर ल्याएको सेल्सबेरीले जनाएको छ ।

सेल्सबेरीका विभिन्न शाखा तथा सेल्सबेरी पोखरा शाखामा सपिङ गर्दा फोनपे मार्फत भुक्तानी गर्ने ग्राहकहरु यस योजनामा सहभागी हुन पाउनेछन् फोन पे क्यूआर मार्फत भुक्तानी गर्ने ग्राहकहरुले ५४ दिनसम्म दैनिक एक जना, साप्ताहिक १६ जना र सरप्राइज ४ जना विजेताले भुक्तानी गरेको रकम बराबरको निःशुल्क सपिङ गर्न पाउने छन् ।


विजेता ग्राहकले खरिद गरेको पसलबाट उक्त रकम बराबरको सपिङ निःशुल्क पाउने छन् । साथै ५ जना भाग्शाली विजेताले एक लाख रुपैयाँ बराबरको निःशुल्क सपिङ गर्ने बम्पर अवसर रहेको सेल्सबेरीले जनाएको छ । विजेताको छनोट फेसबुक लाइभ मार्फत गरिने छ । ८ असोजदेखि ३० कात्तिकसम्म यो योजना लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij