
काठमाडौँ । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल आज एमाले प्रवेश गर्ने भएका छन् । खनाललाई विहीबार पार्टी कार्यालयमा प्रवेश गराउने कार्यक्रम रहेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली आफैले बोलाएर पार्टी प्रवेशको लागि आग्रह गरेपछि पूर्व आइजीपी खनाल राजी भएको खनाल निकट स्रोतले भनेको छ ।
बारा,पर्सा र काठमाडौंमध्ये कुनै एक ठाउँबाट खनाललाई उम्मेदवार बन्ने गरी खनाल एमाले प्रवेश गर्न लाग्नुभएको छ ।
पूर्व खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गराउन लाग्नुभएको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij