२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

राष्ट्रपतिले नागरिकता विधेयक सम्बन्धमा अपमान गर्नुभयाेः गठबन्धनका दलहरु

राष्ट्रपतिले नागरिकता विधेयक सम्बन्धमा अपमान गर्नुभयाेः गठबन्धनका दलहरु

काठमाडौँ ।  गठबन्धनका ४ दलले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित नगर्नुलाई संसदको अपमान र अवमुल्यन गरेको आरोप लगाएका छन् । आज बसेको चार दलको बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नुपर्नेमा कर्तब्यको संबैधानिक ब्यवस्था माथिनै प्रहार गरेको ठहर गरेको छ ।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण नगर्दा नागरिकता प्राप्त गरिसकेका आमाबाबुका सन्तानले नागरिकता प्रमाणपत्र पाउने हकबाट बञ्चित भएको बताएको छ ।

जनतामा निहित सार्वभोमसत्ता, सवैधानिक सर्वोच्चतता र लोकतान्त्रिक शासन ब्यवस्थाका आधारभुत मुल्य र मान्यतामा गम्भिर प्रहार भएको बैठकले ठहर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij