२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

स्वरोजगार श्रमिकहरूका लागि ठाउँ र समय तोक्नैपर्ने जरुरी छ : बाबुराम

स्वरोजगार श्रमिकहरूका लागि ठाउँ र समय तोक्नैपर्ने जरुरी छ : बाबुराम

 

काठमाडौँ। नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) शाहसँर्ग स्वरोजगार श्रमिकहरूका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न माग गरेका छन् ।

शुक्रबार बिहान समाजिक सञ्जालमार्फत अध्यक्ष भट्टराईले बालेनसँग यस्तो माग गरेका हुन् ।

भट्टराईले काठमाडौँ महानगरपालिकालाई व्यवस्थित गर्ने मेयर शाहको कामलाई उनले प्रशंसा पनि गरेका छन् ।

‘काठमाडौं महानगरपालिकालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेन शाहका पहल प्रशंसनीय छन् । फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन्। अतः निश्चित ठाउँ/समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ,’ उनले सञ्जालमा लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij