२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

फ्राइडे रिलिज : नेपाली चलचित्र ‘ऐना झ्याल पुतली’ आजदेखि प्रदर्शनमा

फ्राइडे रिलिज : नेपाली चलचित्र ‘ऐना झ्याल पुतली’ आजदेखि प्रदर्शनमा

 

काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत नेपाली चलचित्र ‘ऐना झ्याल पुतली’ आजदेखि हलहरुमा प्रदर्शन हुँदैछ ।

सुजित बिडारीको कथा निर्देशनमा तयार भएको यो चलचित्र शंखुवासभाको गाउँमा गएर खिचिएको हो । फिल्मले दर्शकलाई आफ्नो बाल्यकालसँगै आफ्ना साथीभाइको सम्झना गराइदिने निर्मांण पक्षको दावी छ । । परिवार भित्रका सुख दुःखलाई समेटेको यस चलचित्रलाई नेपाली परिवेशको ‘अर्गानिक’ नेपाली फिल्म भनिएको छ ।

फिल्ममा सिरु विष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, विशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठलगायतका कलाकारको अभिनय छ। सिरु विष्टबाहेक फिल्मका अधिकांश कलाकार नयाँ हुन्। आइसफल प्रोडक्सन, लोकल सिनेमा र आर्को फिल्मको संयुक्त ब्यानरमा बनेको फिल्मलाई आकाश पौडेल, प्रवीण स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र सुशान्त श्रेष्ठ मिलेर निर्माण गरेका हुन्।

फिल्ममा अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन, पुष्पसंगमको संगीत, कला संग्रौलाको प्रोडक्सन डिजाइन, किशोर आचार्यको साउन्ड डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ छ।

फिल्म समीक्षक र प्रिमियरमा सहभागी दर्शकले यो फिल्मको प्रशंसा गरेका छन् । ‘ऐना झ्याल पुतली’ को निर्देशन सुजित बिडारीले गर्नुभएको हो । यो फिल्मको लेखकसमेत रहेका बिडारीले आफ्नो बाल्यकाल र किशोरावस्थाका कथाहरू, भोगाइ, घरगाउँ, आफन्त र साथीहरूका जीवनका घटनालाई फिल्ममा समेटेको बताउनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij